२०० अर्ब डलरका मालिक बने जेफ बेजोसः ४ वर्षमा छुट्यो आमा बाबाको साथ, यसरी स्थापना भएको थियो अमेजन

अमेजनका संस्थापक तथा सीइओ जेफ बेजोसको सम्पत्ति दुईसय अर्ब डलर (२०० बिलियन डलर) नाघेको छ । योसँगै उनले सवैभन्दा धनी व्यक्तिको रुपमा रेकर्ड बनाएका छन् । ब्लूमबर्ग बिलियेनियर इन्डेक्सका अनुसार बुधबार जेफ बेजोसको कुल सम्पत्ति दुईसय अर्ब डलर नाघेको छ । यससँगै बेजोस विश्वको पहिलो व्यक्ति बनेका छन् जोसँग दुईसय अर्ब डलरको सम्पत्ति छ ।
यस्तो छ विश्वको सबैभन्दा धनी व्यक्तिको कथा
बच्चामा थियो पैसाको समस्या
जेफ बेजोस आज अरबौंको मालिक छन् । तर उनको जीवनमा एक समय यस्तो थियो जब उनी पैसासँग पैसाको अभाव थियो । बेजोस ४ वर्षको हुँदा उनका बुबाले छाडेर गए । आमाले दोस्रो विवाह गरिन् । उनको बाल्यकाल आमा बुबाको प्रेम बिना नै बित्यो । आमाले दोस्रो विवाह गरेपछि उनको पालन पोषण मामाघरका हजुरबुबाले गरेका थिए ।
पढाइमा अब्बल बेजोस सधैं घरमा रहेका सामानहरु खोल्ने र हेर्ने गर्थे र फेरी जोड्थे । उनको यही लगनले उनलाई एक यस्तो कम्पनी खडा गर्न सफल बनायो र ऊ विश्वको सबैभन्दा धनी मानिस बन्न सफल भयो । जेफ बेजोसको पुरा नाम जेफ प्रेस्टन बेजोस हो । जेफको जन्म १२ जनवरी १९६४ मा भएको थियो । जेफ एक अमेरिकी इन्टरनेट उद्यमी र लगानी कर्ता हुन् ।
सन् १९९४मा अमेजनको सुरुवात
जेफ बेजोसले १९८६ मा प्रिन्स्टन विश्वविद्यालयबाट स्नातक गरे र त्यसपछि कम्प्यूटर साइन्सको क्षेत्रमा काम गरे । त्यसपछि जेफले फिटेल भन्ने कम्पनीको लागि नेटवर्क निर्माण गर्ने काम गरे । १९९४ मा न्यूयोर्कबाट सिएटलसम्मको यात्रा पछि उनले अमेजन डट कम को स्थापना गरे ।
सकारात्मक कार्यको प्रभाव
एक अन्तर्वार्तामा जेफ बेजोसले भनेका छन् कि उनी यस्ता कर्मचारीहरु मन पराउँछन् जो सबैभन्दा अधिक सकारात्मक हुन्छन् । जसको कार्य प्रदर्शनमा निरन्तरता हुन्थ्यो । बेजोसका अनुसार सकारात्मक उर्जा भएका व्यक्तिहरु कुनै पनि कम्पनीका लागि अत्यन्त महत्वपूर्ण हुन्छन् र यस्तै व्यक्तिहरुले हो कम्पनीले अगाडी बढाउने पनि । यसबाट थाहा हुन्छ कि बेजोसको आफ्ना कर्मचारीहरुसँग निकै राम्रो सम्बन्ध रहन्छ । र उनी अधिकांश समय आफ्ना कर्मचारीहरु बीचमा बिताउँछन् ।
चुनौति लिन नहिच्किचाउनुहोस्
बेजोसका अनुसार उनी चुनौतिसँग कहिल्यै डराउँदैनन् र चुनौति लिन सक्ने क्षमता भएका मानिसलाई मन पराउँछन् । चुनौति लिन सक्ने व्यक्तिहरुले राम्रो नतिजा प्राप्त गर्नका लागि मुस्किल बाटो रोज्छन् । बेजोसले भने, ‘म पनि त्यस्ता व्यक्तिहरुलाई छनौट गर्नुअघि उसको ट्र्याक रेकर्ड हेर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग