शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा ६४ प्रतिशत जनसंख्या संक्रमित हुनसक्ने, खराब अवस्थामा ४९ हजार बढीको मृत्यु

बिहीबार, ११ भदौ २०७७, १८ : ०१
बिहीबार, ११ भदौ २०७७

काठमाडौं । नेपालमा कोभिड–१९ को सम्भावित अवस्थाबारे गरिएको गणितीय मोडलिङले निकै भयावह अवस्थाको संकेत गरेको छ । गत मेइमा गरिएको यस मोडलिङ २५ अगस्टमा रिलिफ वेव वेवसाइटमा प्रकाशित छ । 
यस पूर्वानुमानअनुसार अति खराब अवस्थामा २०२० को अन्त्यसम्म नेपालको ८१ प्रतिशत जनसंख्यामा संक्रमण देखिनसक्छ । त्यस्तै ४९ हजार २ सयको ज्यान जानसक्छ ।
रिपोर्टअनुसार कडाई अति नै भएपनि वर्षको अन्त्यसम्म ६४ दशमलव ८ प्रतिशत जनसंख्यामा कोरोना संक्रमण देखिनेछ, ३२ हजार २ सयको ज्यान जानेछ ।  

मोडलिङ गर्दाको अवस्थामा नेपालमा केवल ९९ जनामा संक्रमण देखिएको थियो । अक्सफोर्ड विश्वविद्यालयका लागि प्रोफेसर लिसा ह्वाइट, डाक्टर निकोलास लिट्चफर्ड, डाक्टर सुनिल पोखरल, डाक्टर दिप्ती लता र डाक्टर रसिद जमानले नेपालमा कोभिड–१९ रणनीतिबारे मोडलिङ रिपोर्ट तयार गरेका हुन् । 
यस्तो छ पूर्वानुमान –
– रोकथामको रणनीति अति खुकुलो भएको अवस्थामा झन्डै ८१ प्रतिशत जनसंख्या संक्रमित हुनेछ । अति खुकुुलो अवस्था भन्नाले सुरुवाती ८ देखि १० हप्ता लकडाउनपछि सबै क्षेत्र एकैपटक खुकुुलो गर्ने भन्ने हो । यस अवस्थामा वर्षको अन्त्यसम्म ४९ हजार २ सय जनाको ज्यान जानसक्छ । जुनदेखि सेप्टेम्बरसम्म महामारी उच्च अवस्थामा हुनेछ । यतिबेला दैनिक अधिकतम ८ लाख ४६ हजार नयाँ व्यक्तिमा संक्रमण फैलनसक्छ, तर सरकारी निकायले यसको १० प्रतिशतभन्दा कम अर्थात् ७५ हजार जनाको मात्रै पहिचान गर्नसक्छ ।  (नोट – यस्तो दुुुुभाग्र्य टरिसकेको छ । )

– कडाई मध्यम अवस्थामा रहे वर्षसको अन्त्यसम्म ७३ दशमलव १ प्रतिशत जनसंख्या संक्रमित हुुने प्रक्षेपण गरिएको छ । यस अवस्थामा जुलाईको मध्यदेखि अक्टुुबरको सुरुवातसम्म संक्रमणको जोखिम उच्च हुनेछ । दैनिक अधिकतम ५ लाख ४८ हजारमा संक्रमण देखिएपनि स्वास्थ्य संस्थाले गर्ने चेकजाँचमा दैनिक ५० हजारको हाराहारीमा मात्रै पहिचान हुनेछ । यस अवस्थामा ४४ हजार २ सयको मृत्युु कोरोनाका कारण हुनसक्छ । यस अवस्थामा सरसफाईको प्रभाव २० प्रतिशत, विद्यालय बन्द (८५ प्रतिशत)  र भ्रमण प्रतिबन्धको प्रभाव ९० पर्ने आँकलन गरिएको छ । 

– यस मोडलअनुसार अति कडाई गर्दा पनि ६४ दशमलव ८ प्रतिशतमा वर्षको अन्त्यसम्म कोरोना देखिनसक्छ । जुनको मध्यदेखि अक्टुुबरको सुरुवातसम्म महामारी उच्च अवस्थामा हुनेछ । उच्च अवस्थामा छँदा दैनिक ५ लाख ३१ हजारमा कोरोना देखिनेछ, तर स्वास्थ संस्थामा त्यसको १० प्रतिशतभन्दा कम अर्थात् अधिकतम ४६ हजार ८ सय संक्रमितको मात्रै पहिचान हुुनेछ । यस अवस्थामा सेल्फ आइशोलेशनको प्रभावकारीता ५० प्रतिशत रहनेछ । वर्षको अन्त्यसम्म ३२ हजार ९ सय व्यक्तिको मृत्यु कोरोनाका कारण हुनेछ । 

स्रोत 

https://reliefweb.int/report/nepal/modelling-covid-19-strategies-nepal

ttps://reliefweb.int/sites/reliefweb.int/files/resources/Nepal_COVID-19_modelling_-_final_published.pdf

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप