मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमान् अस्पतालको शैयामा, श्रीमती खोलामा मृत फेला

बिहीबार, ११ भदौ २०७७, १६ : ५७
बिहीबार, ११ भदौ २०७७

गुल्मी । मुसिकोट नगरपालिका–४ बडागाउँ दोभानकी विष्णुमाया कुमाल चन्द्रकोट गाउँपालिका–८, तुराङ्ग बाघखोलास्थित बडिगाड खोलाको बगरमा मृत फेला परेकी छन् । मृतक विष्णुमायाका पति रेशम कुमाल दुई महिनादेखि हृदयघात भई भारत गुजरातस्थित एउटा अस्पतालमा उपचाररत छन् ।

बिहीबार बिहान बडिगाड खोलामा मृत फेला परेकी छन् । उनको शव पोष्टमार्टमका लागि सदरमुकाम तम्घास ल्याईएको प्रहरीले जनाएको छ । पोस्टमार्टमपछि मात्र मृत्युको कारण खुल्न सक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी केदारराज पन्थले पोस्टमार्टम रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या भन्नेबारे प्रष्ट हुने बताए ।

दोभानस्थित मृतकका छिमेकी टिका गुरुङका अनुसार बुधबार विष्णुमाया कुमाल दिनैभर छिमेकी भिमबहादुर कुमालको घरमा बसेकी थिइन् । मृतक विष्णुमाया १५ वर्षीय एक छोराका साथ बस्दै आएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप