बाढीका कारण अफगानिस्तानमा ११० जनाको मृत्यु
काबुल । अफगानिस्तानमा बाढीका कारण एकै दिन ११० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । ती घटनाहरु देशका विभिन्न प्रान्तहरुमा भएका हुन् ।
स्थानीय अधिकारीहरुका अनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् । टोलो न्युजले कतिपय ठाउँमा उद्धारकर्ताहरुले समेत प्रभावकारी काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको समाचार सम्प्रेषण गरेको छ ।
अर्को बढी प्रभावित देखिएको चरिकार क्षेत्रमा खटिएका एक उद्धारकर्ताले हराइरहेकाहरुको शव भेट्टाउन सकिन्छ की भनेर अहिले पनि हामी आशा गरिरहेका छौँ, तर खोजी कार्य भने अहिले पनि गाह्रो भइरहेको बताए । अधिकारीहरुका अनुसार पीडितमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । उनीहरुले स्थानीय समय अनुसार बुधबार दिउँसो झण्डै ३ बजेतिर विनाशकारी बाढी आएको थियो ।
त्यसैगरी कापिसा प्रान्तको कोभान्ड जिल्लामा बाढीका कारण कम्तीमा दश जनाको मृत्यु भएको छ भने अरु दश जना घाइते भएका छन् । त्यस बाहेक हेस ए अवाल ए कोहिस्तान, हेस ए डोवोम ए कोहिस्तान, निजार्ब जिल्लालगायतका ठाउँ पनि बाढीबाट बढी प्रभावित भएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक