मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक बोझ हुनेगरी अस्थायी दरवन्दी खुलाएको छैन: सरकारका प्रवक्ता

बिहीबार, ११ भदौ २०७७, १६ : ०२
बिहीबार, ११ भदौ २०७७

काठमाडौं । सरकारले कोभिड १९ पछि खोलिएका धेरै अस्थायी दरवन्दी नवीकरण मात्रै गरेको बताएको छ ।  सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् । 
उनले नवीकरण गरेका अस्थायी दरवन्दी मन्त्रिपरिषदले स्वीकृत गरेको भन्दै नयाँ आर्थिक भार नपरेको दावी गरे । 

‘केही दरवन्दीहरु परिस्थितिजन्य रुपमा सिर्जना हुनुपर्छ । जस्तो प्राविधिक रुपका दरवन्दीहरु कार्यबोझको हिसावले पदपूर्तिका हिसावले लोकसेवा आयोगमा लैजानु पनि पर्ने हुन्छ । धेरै नै कार्यबोझ हुनेगरी अस्थायी दरवन्दी थपिएको छैन’ मन्त्री खतिवडाको भनाई छ । पछिल्लो पटक सरकारले लोकसेवा बन्द गरेर अस्थायी दरवन्दी सिर्जना गरेको भन्दै विरोध समेत हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप