शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नुवाकोट उद्योग वाणिज्य संघले माग्यो सरकारसँग व्यसायिक सहजीकरणको बाटो

बिहीबार, ११ भदौ २०७७, १५ : २६
बिहीबार, ११ भदौ २०७७

काठमाडौं । नुवाकोट उद्योग वाणिज्य संघले व्यवसायिक सहजताका लागि सरकारसँग उचित विकल्पसहितको बाटो पहिल्याइदिन माग गरेको छ । संघको बुधबार बसेको बैठकले जिल्लाभित्र निषेधाज्ञा जारी रहेकै अवस्थामा बन्दाबन्दी अनिश्चिता तर्फ धकेलिने संकेत गरेको भन्दै संघले तीनवटै तहको सरकारलाई व्यवसाय सञ्चालनमा सहजीकरण गर्न माग गरेको हो ।

बुधबार नै एक प्रेस विज्ञप्ति जारी गर्दै संघले स्थानीय सरकार, प्रदेश र केन्द्रिय सरकारको ध्यानाकर्षण गराएको छ ।  अध्यक्ष ताराबहादुर कार्कीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकारद्धारा जारी निरन्तरको बन्दाबन्दी (निषेधाज्ञा) का कारण उद्योग, व्यापार, व्यवसाय र आपूर्ति व्यवस्थामा गम्भिर समस्या परेको र यसले तत्कालका लागि मात्र नभएर दिर्घकालिन समयसम्म प्रभाव पार्ने देखिन्छ । त्यसैले स्वास्थ्य सुरक्षाको पूर्णपरिपालन गर्दै व्यवसायिक सहजताका लाग उचित वातावरण मिलाइदिन तीनै तहका सरकारसँग नुवाकोट उद्योग वाणिज्य संघ जोडदार माग गर्छ ।

साथै, बन्दाबन्दी रहेको अवस्थामा व्यवसायिहरुले लिएको व्यवसायिक कर्जामा बैङ्कको ब्याज मिनाहा गर्न, आपतकालिन अवस्थाको किस्ता स्थगित गर्न र व्यवसायिक कर छुट गर्न समेत संघले सरकारसँग माग गरेको छ ।  त्यस्तै, उद्योगी तथा व्यवसायीको स्थिरता, निरन्तरता र विकासको लागि तिनै तहको सरकारले राहतको प्याकेजसमेत घोषणा गर्नुपर्ने व्यवसायीहरुको माग छ ।

 लामो समयसम्म भएको बन्दाबन्दीले व्यवसाय नै धरासायी भएको भन्दै सहजीकरणका लागि सरकारसँग आग्रह गरिएको संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । व्यवसायिक हक हितका लगि आवाज उठाएको संघले सोही विज्ञप्तिमार्फत जिल्ला भित्रका सबै प्रकारका व्यवसायिक क्षेत्रहरुलाई एकजुट भई राज्यको नीति नियमको पालना गर्दै व्यापार व्यवसाय सञ्चालनको लागि स्थानीय प्रशासनसँग सहकार्य गर्न समेत व्यवसायीहरुलाई आह्वान गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप