मोडर्नाको खोप सबै उमेर समूहमा प्रभावकारी देखियो
अमेरिकी कम्पनी मोडर्नाले उत्पादन गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप सबै उमेर समूहका लागि सुरक्षित र प्रतिरोधी क्षमता विकास गर्ने देखिएको कम्पनीका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
सुरक्षा परीक्षणको पहिलो चरणको तथ्याङ्कबाट खोपले हल्का मात्र प्रतिकूल प्रभाव देखाएको र १८ वर्षदेखि ७१ वर्षसम्मका स्वयम्सेवकहरुमा प्रतिरोधी क्षमता विकास गरेको पाइएको मोडर्नाकी संक्रामक रोग प्रमुख डा. ज्याक्लिन मिलरले जानकारी दिइन् ।
पहिलो चरणको परीक्षण तीन उमेर समूहमा गरिएको थियो – १८ देखि ५६, ५६ देखि ७० तथा ७१ वर्षभन्दा माथि । त्यहाँ स्वयम्सेवकहरुलाई २८ दिनको अन्तरमा १०० एमजीको दुई डोज दिइएको थियो ।
खोप दिएपछि भाइरसलाई निस्क्रिय बनाउने एन्टीबडी सबैको शरीरमा पाइएको, धेरै उमेर भएकाहरुमा पनि, डा. मिलरले बताइन् । सबै उमेर समूहले एउटै तहको प्रतिरोधी क्षमता विकास गरेको उनको भनाइ थियो । यो सुखद संकेत भएको उनले बताएकी थिइन् किनभने धेरै उमेर भएकाहरुको शरीरले प्रायः खोपप्रति कम प्रतिक्रिया जानउने गर्दछ ।
यस खोपबाट देखिने प्रतिकूल प्रभावमा थकान, टाउको दुख्ने आदि रहेका छन् । यस्ता लक्षण दोस्रो डोज लिएपछि अझ बढी देखिएको थियो । तर, यी सबै दुई दिनभित्र हराउने पाइएको परीक्षणको तथ्यांकले देखाएको छ ।
स्रोत : सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष
-
रवि विरुद्ध बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण