शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा

बिहीबार, ११ भदौ २०७७, १३ : ५४
बिहीबार, ११ भदौ २०७७

कुश्मा । ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पर्वतका प्रमुख नवराज सापकोटाले गरे ।

बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंङ्किङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वतको कुश्मा नगरपालिका वडा नं. ५स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले मालपोत कार्यालयअन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंङ्किङ सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप