अनुष्का शर्मासँगको फोटो सेयर गर्दै विराटले लेखे, ‘जनवरी २०२१ मा हामी दुईबाट तीन हुनेछौं’
बिहीबार, ११ भदौ २०७७, १३ : १८

टिम इन्डियाका कप्तान विराट कोहली चाँडै नै पिता बन्दैछन् । बिराटले बिहिबार बिहान ट्वीटरमा यसबारे जानकारी दिए । विराट हात रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को टीमसँग यूएईमा छन् । उनको ६ दिनको क्वारेन्टिन समय बिहिबार समाप्त हुँदैछ ।
विराट र अनुष्काको विवाह सन २०१७ डिसेम्बर ११ मा भएको थियो । विराटले ट्वीटमा भने, ‘जनवरी २०२१ मा हामी दुईबाट तीन हुनेछौं ।’
And then, we were three! Arriving Jan 2021 ❤️🙏 pic.twitter.com/0BDSogBM1n
— Virat Kohli (@imVkohli) August 27, 2020
अनुष्काले पनि त्यहि फोटो र त्यहि क्याप्सनसहित ट्वीटरमा पोष्ट गरेकी छिन् ।
And then, we were three! Arriving Jan 2021 ❤️🙏 pic.twitter.com/iWANZ4cPdD
— Anushka Sharma (@AnushkaSharma) August 27, 2020