कलैयामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
बिहीबार, ११ भदौ २०७७, १२ : ४०

रौतहट। बारामा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका– २ भूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ । मृतक रौतहट बौधिमाई नपा ईनरवारी निवासी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा युभेन्ट्सको सहज जित
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी