शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको २८ लाखसहित एकजना पक्राउ

बिहीबार, ११ भदौ २०७७, ११ : ११
बिहीबार, ११ भदौ २०७७

रौतहट – रौतहटस्थित भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप कुमार साहलाई २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरेको सशस्त्रका एसपी सुुर्यबहादुर सेन ओलीले जानकारी दिएका छन् ।

बिआर ३० एन ९५८० नम्बरको मोटरसाईकलमा भारतीय क्षेत्रबाट प्रवेश गर्दा गस्ती टोलीलाई शंका लागेर ईशनाथ ९ लवतना गाँउनजिक आज बिहान सवा ७ बजे चेकजाँच गर्दा उक्त रकम बरामद भएको एसपी ओलीले जानकारी दिए ।

बरामद रकम समेत दिलिप कुमार साहलाई जिल्ला भन्सार कार्यालय गौरमा बुुझाउने तयारी भईरहेको एसपी ओलीले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी ११ नम्बर गण हेक्वा मातहतका ईकाईहरुले यस आर्थिक बर्षको मात्र डेढ महिनाको अवधिमा ठूलो मात्रामा अबैध सामान बरामद गरेको छ ।

साउनदेखि हालसम्म भारतबाट अबैध रुपमा भित्रयाउन खाजेको १ करोड, ५३ लाख, ३७ हजार १ सय १० रुपैयाँ बराबरको बिभिन्न सामान बरामद गरेको छ ।

त्यसैगरी, यसै अवधिमा ३६लाख,४७ हजार,६सय ९० रुपैया नगद,तस्करीमा प्रयोग भएको २ थान ट्क, १४ मोटरसमईकल, १५ चौपाया, ५७ क्युविफिट सालको काठ र तस्करीमा संलग्न १८ जनालाई पक्राउ गरेर कानुनको दायरामा ल्याएको सशस्त्र प्रहरी रौतहटको तथ्यांकमा उलेख रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप