नग्न अवस्थामा महिलाको शव फेला
बिहीबार, ११ भदौ २०७७, १० : २१

बिहिबार बिहान गुल्मीको बडिगाड खोलामा नग्न अवस्थामा एक बेवारिसे महिलाको शव फेला परेको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका ८ स्थित बाघ खोला भन्ने स्थानकी बडिगाड खोलाको बगरको बीचमा अन्दाजी ४० बर्षिय महिलाको नग्न अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी केदार राज पन्थकाअनुसार कलेजी रङ्गको ढाकाको कुर्ता लगाएकी महिलाको शव भेटिएको हो ।
बायाँ हातमा घडी , दायाँ हातमा चुरा लगाएकी ती महिलाको शव भेटिएको डिएसपी पन्थले बताए ।
जिल्ला समन्वय समितिका सदस्य तथा स्थानीय चेतन बस्नेतले अहिलेसम्म पहिचान गर्न नसकिएको बताए । शव फेला परेको स्थान साविक तुराङ्ग गाबिस हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई
-
लयमा फर्किँदै वीरगन्ज, नयाँ वर्षमा छैन रौनक (फोटोफिचर )
-
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने