केन्द्रीय संस्करण

शिक्षणमा वैकल्पिक उपायहरू: कोभिड-१९ शैक्षिक प्रणालीमा चुनौती कि अवसर ?

person explore access_timeभदौ ११, २०७७ chat_bubble_outline0

 

सन् २०१९ को डिसेम्वर अन्त्यतिर चीनको हुवेइ प्रान्तको वुहान सहरमा रुघाखोकीको जस्तै लक्षण र चिन्हहरु देखिने अज्ञात रोग देखियो । बिस्तारै यो रोग चीनको अन्य भागमा पनि फैलियो तर यसको निश्चित कारण निदान हुन सकेन र उपचार गर्दा पनि सफलता नमिले पश्चात चीनले विश्व स्वास्थ्य संगठनलाई सूचित गर्‍यो । यो रोग चीन लगायत विश्वका अन्य मुलुकहरूमा पनि फैलिदै गयो ।  फेब्रुअरी ११, २०२० मा International Committee on Taxonomy of Viruses (ICTV) ले यस रोगको कारण सार्स कोरोना भाइरस–२ (SARS-COV-2) भएको विधिवत घोषणा गर्यो | यो कोरोना भाइरसको नयाँ प्रजाति हो जुन मानिसमा पहिलो पटक पहिचान भएको हो । विश्व स्वास्थ्य संगठनले यसलाई Corona Virus Disease - 2019 (COVID-19) नामाकरण गर्नुको साथै मार्च ११, २०२० मा विश्वव्यापी महामारी (Pandemic of COVID-19) घोषणा गर्यो । 

नेपालमा सर्वप्रथम माघ ९, २०७६ मा चीनको वुहान सहरमा अध्ययन गरिरहेको र त्यहाँ कोरोना महामारी देखिए पश्चात नेपाल फर्किएका ३२ वर्षीय युवकमा देखिएको थियो । त्यस पछि करीब तीन महिनासम्म नेपालमा नयाँ संक्रमण देखिएन तथापि छिमेकी देश भारत, चीन र विश्वका धेरै देशहरूमा संक्रमण फैलिनुको साथै नेपालमा पनि थप एक संक्रमित देखिए पछि नेपालले मार्च २३, २०२० (चैत्र ११, २०७६) बाट देशव्यापी बन्दाबन्दी (Lockdown) गरी अन्तरास्ट्रिय तथा रास्ट्रिय उडानहरू बन्द गर्नुको साथै अन्तरास्ट्रिय सीमा नाकाहरू पनि पूर्णरुपमा बन्द गर्यो  । त्यसैगरी देशभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू लगायत सार्वजनिक क्षेत्रहरू बन्द गर्यो |

नेपाल सरकारले विश्वव्यापी फैलिदै गएको कोरोना संक्रमणलाई मध्यनजर गरी विद्यालयस्तरका सम्पूर्ण परीक्षाहरू चैत्र पाँच गतेभित्र सक्नु पर्ने सूचित गरेको थियो तर कक्षा १० को अन्तिम परीक्षा (Secondary Education Examination ) को तयारी गरी चैत्र छ गतेबाट परीक्षा दिन तयार भैरहेका ५ लाख भन्दा बढी विद्यार्थीहरू परीक्षा दिनबाट बन्चित हुन पुगे | यसैगरी सबै विश्वविद्यालय स्तरका परीक्षाहरू पनि स्थगित हुन पुगे | चैत्र ११, २०७६ बाट करीब एक महिना सबै शैक्षिक सरकारी, गैर-सरकारी र निजी संस्थाहरू पूर्णरुपमा बन्द रहे भने बैशाखको दोश्रो हप्तादेखि निजी शैक्षिक संस्थाहरूले कक्षा-शिक्षणको विकल्पको रुपमा अनलाईन कक्षाहरू संचालन गरी विद्यार्थीहरूलाई सम्पर्कमा राख्ने प्रयास गरेको पाइन्छ | नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लगातार फैलिरहेको महामारीलाई मध्यनजर गरी २०७७ आषाढ १८ मा "वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७" जारी गर्यो साथै सम्पूर्ण निजी तथा सरकारी शैक्षिक संस्थाहरूलाई २०७७ श्रावण एक गतेबाट वैकल्पिक विधिबाट पठनपाठन क्रियाकलाप संचालन गर्न निर्देशन जारी गर्यो |

नेपाललगायत विश्वमा फैलिएको कोभिड -१९ संक्रमणलाई मध्यनजर गरी नेपाल सरकारले जारी गरेको निर्देशिकाको प्रस्तावना उल्लेख गरिएको भनाइ साह्रै मार्मिक छ जसमा भनिएको छ – " कोभिड -१९ को संक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारू गर्न र विद्यालय जाने उमेरका बालबालिकाहरूलाई विद्यालयमा नियमित पठनपाठन नभएसम्म आफ्नो परिवेश अनूकुल सिक्ने वातावरण सृजना गर्न दूर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थित रुपमा सिकाइमा सहजीकरण गर्न वान्छनीय भएकोले यो निर्देशिका जारी गरिएको छ |" यस निर्देशिकाले स्थानीय तह र विद्यालयको साधन-श्रोतमा भएको पहुँचको आधारमा विद्यार्थीहरूलाई – सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी, रेडियो, एफएम रेडियोमा पहुँच भएका विद्यार्थी, टेलिभिजनमा पहुँच भएका विद्यार्थी, कम्प्युटर भएका तर इन्टरनेटको पहुँच नभएका विद्यार्थी र कम्प्युटर भएका तर इन्टरनेटको पहुँच भएका विद्यार्थी गरी पाँच समूहमा वर्गीकरण गरेको छ | सम्भावित वैकल्पिक शिक्षण विधिहरू – भौतिक दुरी कायम गरी समूहगत सिकाइ गर्ने, रेडियो तथा एफएमबाट शिक्षण गर्ने, टेलिभिजनबाट शिक्षण गर्ने, अनलाइन शिक्षणलाई रेकर्ड गरी अफलाइन प्रयोगको लागि उपलब्ध गराउने र अनलाईन शिक्षण गर्ने प्रस्ताव गरेको छ |

देसमा कोभिड-१९ को संक्रमणले स्वास्थ्य, शिक्षा, उद्ध्योग ,व्यापार, पर्यटन, यातायात लगायत समग्र मानव जीबन नै नराम्ररी प्रभावित भएको अवस्थामा निजी विद्यालयहरू र यिनीहरुका संस्थाहरुले बिभिन्न बहानामा सरकारसंग बेलाबेलामा सौदाबाजी गरी वैकल्पिक सिकाईलाई प्रभावकारी रुपमा संचालन गरेको देखिंदैन |

नेपालको शिक्षा प्रणालीमा बिभिन्न स्वार्थ समूहहरु (Vested Groups) को प्रभाव देखिन्छ | यी समूहहरुले शिक्षालाई जनताको मौलिक अधिकारको रुपमा स्वीकार नगरी व्यापारको रुपमा लिएको पाइन्छ | देसमा कोभिड-१९ को संक्रमणले स्वास्थ्य, शिक्षा, उद्ध्योग ,व्यापार, पर्यटन, यातायात लगायत समग्र मानव जीबन नै नराम्ररी प्रभावित भएको अवस्थामा निजी विद्यालयहरू र यिनीहरुका संस्थाहरुले बिभिन्न बहानामा सरकारसंग बेलाबेलामा सौदाबाजी गरी वैकल्पिक सिकाईलाई प्रभावकारी रुपमा संचालन गरेको देखिंदैन | अर्कोतर्फ देसको भौगोलिक विकटता, जनताको सूचना र प्रविधिमा कम पहुँच, प्रविधिमैत्री पूर्वाधार र जनशक्तिको अभाव, वैकल्पिक शिक्षणप्रतिको कम विस्वास जस्ता कारणहरुले हालसम्म विद्यालय तहदेखि विश्वविद्यालयसम्म  पनि वैकल्पिक शिक्षण विधिहरु प्रभावकारी हुन सकेका छैनन् |

नेपाल लगायत विश्वमा तीब्र रुपमा फैलिएको कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि र हाल क्षति भैरहेको शैक्षिक अवधिलाई कम गर्न विद्यालय तथा विश्वविद्यालयहरुले आफ्नो पहुँच तथा क्षमताको आधारमा वैकल्पिक शिक्षणमा जानुको विकल्प देखिदैन | सरकारले समयमै सरकारी क्षेत्र गैरसरकारी क्षेत्र र निजी क्षेत्रलाई ख्याल गरेर नीतिगत व्यवस्था गर्नु वान्छनीय देखिन्छ | त्यसैगरी देसमा सूचना र प्रविधिको पहुँच बढाउने, शैक्षिक क्षेत्रमा कार्यरत जनशक्तिलाई तालिम प्रदान गरी प्रविधिमैत्री बनाउने, शैक्षिक पूर्वाधारहरुलाई क्रमस: प्रविधिमैत्री विकास गरी परम्परागत कक्षा-शिक्षणको विकल्प देशभर दिन सक्नु पर्दछ |

आधारभूत तहदेखि उच्च शिक्षासम्म वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी रुपमा संचालन गर्न सकिन्छ | साधनश्रोत सम्पन्न केही निजी स्कुलहरूले त अनलाईन मार्फत नियमित संचालन गरिरहेका छन् | केही विश्वविद्यालयहरुले वैकल्पिक शिक्षण तथा मूल्यांकन कार्यलाई प्रयोगमा ल्याईसकेका छन् भने अन्य  सबै विश्वविद्यालयहरु पनि उपयुक्त विकल्पको खोजीमा प्रयासरत छन् |

आधारभूत तहदेखि उच्च शिक्षासम्म वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी रुपमा संचालन गर्न सकिन्छ | साधनश्रोत सम्पन्न केही निजी स्कुलहरूले त अनलाईन मार्फत नियमित संचालन गरिरहेका छन् | केही विश्वविद्यालयहरुले वैकल्पिक शिक्षण तथा मूल्यांकन कार्यलाई प्रयोगमा ल्याईसकेका छन् भने अन्य  सबै विश्वविद्यालयहरु पनि उपयुक्त विकल्पको खोजीमा प्रयासरत छन् | उच्च शिक्षामा त्रिभुबन विश्वविद्यालयले विद्यार्थी संख्या, पहुँच तथा वितरणको आधारमा करीब ७७% हिस्सा  राख्दछ | यस विश्वविद्यालयले रोकिएका परीक्षाहरु संचालनको लागि तीन विकल्प - अनलाईनबाट मूल्यांकन गर्ने वा आन्तरिक मूल्यांकनलाई आधार मानी मूल्यांकन गर्ने वा खुला किताब प्रणालीबाट मूल्यांकन गर्ने गरी प्रस्ताव गरेको छ |

२०७७ साल भाद्र ८ गते राष्ट्रिय युवा परिषदले विश्वविद्यालयका उपकुलपतिहरु र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बीच गरेको अनलाईन साक्षात्कार कार्यक्रममा माननीय मन्त्री श्री गिरीराजमणि पोखरेलले सबै विश्वविद्यालयका उपकुलपतिहरुलाई एक हप्ता भित्र वैकल्पिक शिक्षण तथा मूल्यांकन विधिहरु सहितको स्पस्ट कार्ययोजना बनाई शैक्षिक शत्र खेर नजाने गरी शैक्षिक-पात्रो  सार्वजनिक गर्न निर्देश गर्नुभएको छ भने सबै सहभागी उपकुलपतिज्यूहरुले पनि विद्यमान ऐन नियमहरु संसोधन गरी वा थप निर्माण गरी वैकल्पिक शिक्षण माध्यमलाई प्रयोगमा ल्याउने प्रतिबद्धता जाहेर गर्नुभएको छ |

वैकल्पिक शिक्षण कार्यक्रमले परम्परावादी कक्षा-शिक्षण पद्धतिलाई विस्थापित गर्न नसकेता पनि यसलाई एक उपयुक्त विकल्प बनाउनु पर्दछ | भविष्यमा आउन सक्ने कोभिड - १९ जस्तै परिस्थितिहरुलाई मध्यनजर गरेर राज्यले हालको अवस्थालाई अवसरको रुपमा लिई पूर्वाधार विकासमा जोड दिनु पर्दछ | त्यसैगरी प्रदेश तथा स्थानीय सरकारहरूले पनि आफ्नो आवश्यकता, पहुँच र क्षमताको आधारमा वैकल्पिक शिक्षण पद्धतिलाई प्रोत्साहन गर्ने र यसमा लगानी वृद्धि गरी पूर्वाधार र जनशक्ति विकासमा जोड दिनु पर्दछ |

उपप्राध्यापक, पासाङ ल्हामु सेर्पा मेमोरियल क्याम्पस, काठमाडौँ 

 

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

यो पनि पढौँ