निषेधाज्ञामा ६–९ को हतारो, तस्विरमा हेर्नुहोस्
बिहीबार, ११ भदौ २०७७, ०९ : ३५

काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढेसँगै त्यसलाई फैलिन नदिन काठमाडौँ उपत्यकामा यतिबेला निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाका दौरान बिहान नौ बजेसम्म अत्यावश्यक सामाग्री तथा खाद्यान्नहरुको पसल खोल्ने अनुमति दिइएको छ । त्यसैले बिहान सबेरैदेखि पसलहरु खुल्न थाल्छन् र त्यहाँ मानिसहरुको भिड पनि बाक्लै देख्न पाइन्छ । सबै नौ बजेभित्र आवश्यक सामग्री जोहो गर्ने सकसमा देख्न सकिन्छ । हेरौँ असन, बसन्तपुर, बांगेमुढा क्षेत्रका तस्विहरुः