बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

बिहीबार, ११ भदौ २०७७, ०९ : २४
बिहीबार, ११ भदौ २०७७

पोखरा – पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ति महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाृे आइसोलेसन कक्षमा उपचाररत थिइन् । 

उनको आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । संक्रमित महिलामा अन्य कुनै दिर्घ रोग पनि थिएन । ‘त्यस्तो कुनै रोग थिएन,’ उनले भने, ‘कोभिड नै हो । ट्राभल हिस्ट्री पनि छैन । तनहूँको बन्दिपुर पुरानो घर भई पोखरा ११ चापपानीमा बस्ने भनेर लेखाएको छ ।’  

पछिल्लो समय पोखरामा ट्राभल हिस्ट्री बिना नै संक्रमित हुनेको दर बढ्दो छ । कोरोना ।रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ गते निषेधाज्ञा जारी गरेको छ । दोस्रो किस्ताको निषेधाज्ञा भदौ १२ गते सकिंदै छ । 

निर्देशक डाक्टर आचार्यले शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप