बुटवलको कोरोना अस्पतलामा उपचाररत कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु
बिहीबार, ११ भदौ २०७७, ०८ : ४८
बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोराना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले कपिलवस्तुको कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको गत राति उपचारका क्रममै मृत्यु भएको रातोपाटीलाई बताए ।
यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताजस्ता समस्या थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो ।
योसँगै कपिलवस्तुका तीन जनाको कोरोना अस्पतालमा उपचार गर्दागर्दे मृत्यु भएको छ । त्यस्तै, रुपन्देहीका २ र प्युठानका १ गरी जम्मा ६ जनाको यो अस्पतालमा मृत्यु भएको डा. थापाले बताए ।
मृतकको शव व्यवस्थापन सेना गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण