शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दर्शक दिर्घामा बसेर सुने ट्रम्पले मेलानियाको भाषण

बुधबार, १० भदौ २०७७, २२ : ३३
बुधबार, १० भदौ २०७७

वासिङ्टन । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले कोरोनाभाइरसबाट सङ्क्रमित भएका परिवारजनप्रति सहानुभूति व्यक्त गरेकी छिन् । कोरोनाभाइरसले सृजना गरेको सङ्कटपूर्ण यस चुनौतीलाई सबै अमेरिकीले मिलेर सामना गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।

रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलनलाई मङ्गलबार राती सम्बोधन गर्दै उनले सबै अमेरिकीहरु एकजुट भएर लडियो भने यस्ता सबै चुनौतीहरुलाई सामना गर्न सकिने अठोट व्यक्त पनि व्यक्त गरिन् ।  कोरोनाभाइरसको महामारीलगायतका चुनौतीहरुको समाधान नगरी आफ्ना पति तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्राम नलिने पनि उनले बताइन् ।

श्रीमती ट्रम्पले मानवताको सुन्दर पक्षका बारेमा चर्चा गर्दै प्राकृतिक प्रकोपलगायत चुनौतीहरुका बारेमा सचेत हुनुपर्ने बेला भएकोमा जोड दिएकी थिइन् । ह्वाइट हाउसको रोज गार्डेनबाट भएको उनको सम्बोधन सुन्नका लागि राष्ट्रपति ट्रम्प आफ्ना समर्थकहरुसँगै दर्शक दिर्घामा बसेका थिए ।

कोरोनाभाइरसको सङ्क्रमण सर्न नदिनका लागि कम्तीमा पनि छ फिटको सामाजिक दुरी कायम गर्नु पर्ने चिकित्सकहरुको सिफारिस रहेपनि सो कार्यक्रममा दर्शकहरु बस्ने ठाउँमा दुई फिटको मात्रै दुरी कायम गरिएको थियो ।  कार्यक्रममा सहभागी अधिकांश पारिवारिक सदस्य तथा साथीहरुले मास्क समेत लगाएका थिएनन् । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप