झापामा गोली चल्यो, इन्स्पेक्टरसहित तीन जना घाइते
बुधबार, १० भदौ २०७७, २० : ३७
काठमाडौं । झापाको कत्लामारीमा गोरु काट्नेलाई नियन्त्रणमा लिएर बिर्तामोड ल्याउँदै गर्दा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा नेपाल प्रहरीका एक इन्सपेक्टर र सशस्त्र प्रहरीका एक जवान सहित तीनजना घाइते भएका छन् ।
झापा गाउँपालिका–३ कामाटोलीमा सुरक्षाकर्मीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले १० राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रवक्ता तथा डीआईजी राजु अर्यालले बताए ।
सशस्त्रको गोली लागेर एकजना घाइते भएका छन् । गोरु काट्ने दुई जनालाई प्रहरीले पक्रेर ईलाका प्रहरी कार्यालय बिर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीयले घेरा हालेर प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमकारीले सशस्त्र प्रहरीको गाडी तोडफोड गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै