शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा मोटरसाइकललाई पिकअपले ठक्कर दियो, चालकको मृत्यु

बुधबार, १० भदौ २०७७, १७ : १९
बुधबार, १० भदौ २०७७

जनकपुर । सवारी दुर्घटनामा परि जनकपुरमा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । बुधबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित पिडारी चोक–कुर्था जाने बाटोमा विपरित दिशा तर्फबाट आएको मोटरसाईकललाई पिकअपले ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो । 

ज १ च १८०१ नम्बरको पिकअपले विपरित दिशा तर्फबाट आइरहेको प्रदेश २–०३–००१ प २२७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा मिथिला बिहारी नगरपालिका–४ बस्ने २२ वर्षीय कलाम नदाफको मृत्यू भएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।

पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालक नदाफ सडकबाट करिब ५ फिट तल झरेका थिए । घाईते नदाफलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

मोटरसाईकलमा सवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने २८ वर्षीय अजाबुल मन्सुर राईनको दाहिने खुट्टा भाँचिएको छ । घाईते मन्सुरलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । मोटरसाइकललाई ठक्कर दिई फरार भएका पिकअपका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप