शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प समर्थक टमी लरेनले अमेरिकी राष्ट्रपतिलाई अञ्जानमा भनिन् ‘उल्लू’, मज्जाले खिल्ली उडाइँदै

बुधबार, १० भदौ २०७७, १३ : ३२
बुधबार, १० भदौ २०७७

अमेरिकी कन्जरभेटिव पोलिटिक कमेन्टेटर तथा टेलिभिजनकी पूर्व कार्यक्रम प्रस्तोता टमी लरेनको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यो भिडियाका कारण उनी मज्जाले ट्रोल भइरहेकी छिन् । भिडियोमा टमी लरेन, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका भारतीय समर्थकलाई सम्बोधन गरिरहेकी थिइन् । त्यति नै बेला उनले एउटा ठूलो गल्ती गरेकी छिन् ।

लिबरल्सको आलोचना गर्नका लागि चर्चित टमीले एक भिडियो सेयर गरिन् जसमा उनले भारतीय समर्थकलाई धन्यवाद दिँदै डोनल्ड ट्रम्पले अमेरिकालाई पुनः महान बनाउने दिशामा अग्रसर भएको बताइन् । तर यो भिडियोमा उनले ट्रम्पलाई ‘उल्लू’ भनिन् ।

आफ्नो भिडियोमा टमीले ट्रम्प एक उल्लू जस्तै बुद्धिमान भएको र भारतीय प्रवासीसम्म आफ्नो कुरा पुर्याउनका लागि उनले यसको अनुवाद पनि गरिन् । यतिबेला उनले ट्रम्पलाई ‘उल्लू’ भनिन् ।

टमी लरेनलाई उल्लूको प्रयोग कसैलाई अपमान गर्नका लागि गरिन्छ भनेर उनलाई पक्कै थाहा थिएन ।

भिडियोमा टमीले भनेकी छिन्, ‘भारतमा मेरा सबै अद्भूत प्रशंसकलाई नमस्ते । म टमी लरेन ‘मेक अमेरिका ग्रेट अगेन’ एजेन्डा र ‘किप अमेरिका ग्रेट’ एजेन्डालाई समर्थन गरेकामा साथीहरुलाई धन्यवाद दिन चाहन्छु । हामीलाई थाहा छ कि ट्रम्पले अमेरिकालाई महान् बनाइराख्नेछन् किनभने राष्ट्रपति ट्रम्प उल्लूजस्तै बुद्धिमान छन् । तपाईंहरु हिन्दीमा भन्नुहुन्छ नि, मलाई आशा छ यसको उच्चारण मैले सही गरिरहेकी छु... राष्ट्रपति ट्रम्प ‘उल्लू’ झैं बुद्धिमान छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप