शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कारोना संक्रमण पुष्टि

बुधबार, १० भदौ २०७७, १२ : ५३
बुधबार, १० भदौ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ५० नमुना  परीक्षण गरिएका मध्ये १७ मा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेमा डडेलधुरा आलिताल गाउँपालिकाका १, अजयमेरु गाँउपालिकाका १, कञ्चनपुर बेलौरी नगरपालिकाका २ छन् । त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिकाका १ र गोदावरी नगरपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको अस्पताल प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रशाद भुषालले रातोपाटीलाई जानकारी दिए ।  ६ सय ३३ जनाको नमुना  भने नेगेटिभ आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप