शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा कोरोना संक्रमितको मृत्यु

बुधबार, १० भदौ २०७७, १० : ४९
बुधबार, १० भदौ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा एकजना कोरोनासंक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका–११ का ४५ वर्षीय कोरोनासंक्रमित पुरुषको बुधबार बिहान ८ बजेर ३५ मिनेट जादा मृत्यु भएको हो ।

मङ्गलबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । भेन्टीलेटरमा रहेका उनको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

‘वहाँको अवस्था नाजुक थियो । वहाँ ४ दिनदेखि धनगढीमा रहेको निर्सग हस्पिटलमा पल्मोनरी हाईपोटन्सन र क्रोनिक लिभर डिजिज रोगको उपचारमा रहनुभएको थियो,’ उनले भने ।

एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि नमुना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठको भनाइ छ । शवको व्यवस्थापनका लागि नेपाली सेनालाई खबर भइसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप