फ्रन्टलाइनमा रहँदा आफै कोरोना संक्रमित बनेका स्वास्थ्यकर्मीको प्रश्न : कता हराउँदैछ मानवता ?
कसले कस्तो व्यवहार गर्छन् मन मनै चिन्ने हो
रुदै हिँडे कायर भन्छन् हाँस्दै हिँड्ने हो ।
तीजको रमझम भर्खरै सकिएको छ । हिन्दूहरुको महान चाड तीजको अवसरमा नेपाली हिन्दु नारीहरुले वर्षदिनभरि भोगिआएका दुःख पीडालार्ई गीतको माध्यमबाट पोख्ने, आफन्त साथीसंगी भेला भएर नाचगान गर्ने, मिठामिठा परिकार बनाएर खाने गर्छन् । तर कोरोना महामारीको कारण यो वर्षको तीज त्यसअनुसार मनाउने वातावरण रहेन ।
कोरोनाभाइरसको महामारी अनि मुलुकमा निषेधाज्ञा जारी भएपछि घरभित्रै सीमित हुनुपरेको कारण यसपालिको तीजमा कतिले महामारीको पीडा, संक्रमितमाथि भएका सामाजिक तिरस्कार मिश्रित भावनालार्ई गीतमा बुने । माथिको पंक्ति पनि त्यही भावनाको अभिव्यक्ति हो, जहाँ कोरोनाभाइरसबाट संक्रमित एक स्वास्थ्यकर्मीकी श्रीमतीले आफ्ना भावनालाई तीजमा गीतको माध्यम पोखिन् । कोरोनाभाइरसबाट जोकोही संक्रमित हुन सक्छन्, संक्रमितलार्ई सामाजिक तिरस्कार र अपहेलना होइन माया, सद्भाव, हौसला र हेरविचारको जरुरत पर्छ भन्ने सन्देश दिइन् उनले गीतमार्फत् ।
बागलुङ अमलाचौरका देवप्रकाश घिमिरेकी श्रीमतीले गाएको यो गीत कुनै दुश्मनकाविरुद्ध लक्षित थिएन । त्यो कोरोनाभाइरसबाट संक्रमित हुँदा समाजले देखाएको कटु र दुर्भाग्यपूर्ण व्यवहारका विरुद्ध सम्यक जवाफ थियो । समस्याको समाधान सकारात्मक तरिकाबाट हुनुपर्छ भन्ने सन्देश दिन खोजेकी थिइन् उनले ।
फेरि तिमीलार्ई एकपटक सम्मान गर्छु, तिमी घृणा लिएर आऊ म फूल लिएर आउँछु
तिमी तिरष्कार लिएर आऊ म सेवा लिएर आउँछु, तिमी सेवा लिएर जाऊ र मलार्ई बहिष्कार गर
म फेरि एकपटक तिमीलाई सम्मान गर्छु, तिमी पत्रकार बनेर आऊ र मेरो विरुद्धमा लेख
म सेवा लिएर आउँछु र तिम्रो उपचार गर्छु, तिमी हतियार लिएर आऊ र मेरो बाटो छेक
म औजार लिएर आउँछु र तिम्रो परीक्षण गर्छु, तिमी सेवा लिएर जाऊ र मलार्ई बदनाम गर
म फेरि एकपटक तिमीलाई सम्मान गर्छु, रोग लिएर आयौ र सेवा लिएर गयौ
तिम्रै घरको कोठाबाट मलार्ई निकाल्यौ, अरु त के पो गर्न सक्थ्यौ र सकेको गर्यौ
म फेरि तिमीलाई एकपटक सम्मान गर्छु, मलार्ई थाहा छ मलार्ई खतरा तिमीबाट छ
मलार्ई थाहा छ तिमीमा मनवीयता हराएको छ, तर मलार्ई तिम्रो रोग र मनवीयताभन्दा
तिम्रो जीवन प्यारो छ त्यसकारण, फेरि तिमीलाई एकपटक सम्मान गर्छु ।।
केही दिन अगाडिको राजधानी काठमाडौंस्थित बानेश्वरको एक होस्टलमा क्वारेन्टिनमा बसेका चिकित्सकमाथि ‘स्थानीयको नाममा एक हुल भीड’ले हुलहिज्जर विरोध गरेको खबर प्रकाशमा आयो । वास्तवमा, त्यो व्यवहार अमानवियताको पराकाष्ट थियो । जो,आफ्नो जिउज्यानको बाजी लगाएर विरामीको सेवामा अझ कोरोना संक्रमितको सेवामा दिनरात नभनी खटिएका छन् उनीहरुमाथि भएको यस्तो व्यवहारले समाजको मनोविज्ञान र २१औं शताब्दीका हामी कतातिर जाँदै छौं भन्ने प्रष्ट हुन्छ ।
कोरोना संक्रमित भएको थाहा पाएपछि गाउँसमाजले देखाएको ब्यवहारबाट दुःखी भएका देवप्रकाश घिमिरेले फेसबुकमा यस्तो पोष्ट गरे । तोप थापाको यो कविता पोष्ट गरेसँगै उनीमाथि सान्त्वना र हौसलाको वर्षा त भयो । तर, प्रकाश र उनका परिवारलार्ई ‘बिहेका जन्ती र मर्दाका मलामी’ मानिने छिमेकले गरेको तिरस्कार र घृणाले पारेको असर कहाँ मेटिन्थ्यो र ! कोरोनाभाइरसबाट संक्रमित भएकाको हेरचाह र रेखदेखमा खटिएका उनै स्वास्थयकर्मी देवप्रकाशलार्ई संक्रमण भएको थाहा हुँदा छरछिमेकको व्यवहार यस्तो हुन्छ भने अन्य सामान्य व्यक्तिमा संक्रमण हुँदा के होला अवस्था ?
०००
केही दिन अगाडिको राजधानी काठमाडौंस्थित बानेश्वरको एक होस्टलमा क्वारेन्टिनमा बसेका चिकित्सकमाथि ‘स्थानीयको नाममा एक हुल भीड’ले हुलहिज्जर विरोध गरेको खबर प्रकाशमा आयो । वास्तवमा, त्यो व्यवहार अमानवियताको पराकाष्ट थियो । जो,आफ्नो जिउज्यानको बाजी लगाएर विरामीको सेवामा अझ कोरोना संक्रमितको सेवामा दिनरात नभनी खटिएका छन् उनीहरुमाथि भएको यस्तो व्यवहारले समाजको मनोविज्ञान र २१औं शताब्दीका हामी कतातिर जाँदै छौं भन्ने प्रष्ट हुन्छ । त्यसै गरी देवप्रकाश पनि त्यस्तै कुराको शिकार बनेका एउटा उदाहरण हुन् ।
०००
महामारी फैलिएसँगै चिकित्सक र चिकित्सा सेवाप्रति आम नागरिकको भरोसा अडिएको छ । विश्वभर चिकित्सकको मनोबल बढाउन आम नागरिकले निभाएका भूमिकाको निकै चर्चा हुने गरेको छ । भाइरसको उद्गमस्थल चाइनाको ऊहानमा आम नागरिकले चिकित्सकलाई गरेको सम्मानले विश्वमै चर्चा बटुल्यो । यो सव ट्वालट्वाल्ती नियालिरहेका नेपालीको व्यवहारले भने स्वास्थ्यकर्मीहरुको भरोसा टुटेको छ र उनीहरुमा निराशा बढ्दै गएको पाइएको छ ।
वास्तवमा कोरोनाका बारेमा जनमानसमा परेको भ्रामक त्रासको निदान सरकारले गर्न सकिनरहेको कुराको प्रतिविम्बन पनि हो त्यो ।
चितवनमा चिकित्सकको घरमा ‘कोरोना संक्रमित’ लेखिएको ब्यानर टाँग्न लगाउने समाज अनि देशका थुप्रै स्थानमा स्वास्थ्यकर्मीमाथि भएका अपमानका घटनाहरूले हाम्रो सोच र हाम्रो सामाजिक चेतलार्ई छरपस्ट पारिदिएको छ । राज्यबाट भरपुर साथ, आडभरोसा नपाउनु अनि नागरिकबाट अपहेलित हुनुपरेपछि वीरगञ्जस्थित नारायणि अस्पतालका चिकित्सकहरुले सामूहिक राजिनामा दिए । भलै त्यो फिर्ता भएको छ । त्यसैगरी, वीरगंजका विभिन्न अस्पतालमा कार्यरत अन्य ३५० चिकित्सकहरुले पनि पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष राजीनामा बुझाए । महामारीले गाँज्दै लगिरहेको अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन सवैले साथ दिनुपर्ने हो तर उनीहरुमाथिनै भएका अपमानजनक क्रियाकलापले फ्रन्टलाइनरमा निराशा उत्पन्न गराएको छ ।
देवप्रकाश पेशाले स्वास्थ्यकर्मी हुन् । विगत १८ वर्षदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील देवप्रकाश गतवर्षबाट बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत छन् ।
देवप्रकाश भन्छन्, ‘पछिल्लो समय बागलुङ क्याम्पसमा बनाइएको आइसोलेशनको व्यवस्थापनको जिम्मेवारी ममाथि थियो । संक्रमितहरुलार्ई राखिएको उक्त आइसोलेशनमा म प्रत्यक्ष सम्पर्कमा जानु पर्दैैन थियो । नर्सहरु खटिनु भएको थियो संक्रमितहरुको हेरचाहमा । हामी सवैले सुरक्षा सतर्कता अपनाएका थियौं । तर, त्यसो गर्दा गर्दै पनि मलार्ई संक्रमण भयो, कसरी भयो पत्तै नहुने रहेछ ।’
जनैपूर्णिमाको दिन देवप्रकाश आफ्नो घर अमलाचौर पुगेका थिए । उनी भन्छन्, ‘म मोटरसाइकलमा गएँ । मलार्ई थाहा थियो कि मलार्ई संक्रमणको जोखिम बढी हुन्छ त्यसैले गाउँतिर गइनँ । बरु घरमै बसे र डोरो बाँध्न नजिकै मामाघर पुगे । मामाघरमा गएपछि बाहिरै खाना खाएर पुनः बागलुङ बजार नै फर्र्किए । त्यतिबेला मलार्ई सामान्य रुघा अनि ज्वरो देखिन थालेको थियो । त्यसको भोलिपल्ट अस्पतालका दुईजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखियो । मलार्ई पनि मन्द ज्वरो आइरहेकोले परीक्षण गराउँदा पोजेटिभ देखियो । र तत्काल घर परिवार अनि मामाघरमा सबैलार्ई घरबाट बाहिर ननिस्किन खबर गरें ।’
प्रकाशलार्ई आजभोलि संक्रमित हुनुको भन्दा पनि समाजको चिन्ता बढी छ । उनी भन्छन्, ‘हाम्रो समाज त सकारात्मक भैसकेको रहेनछ । खै केही पनि परिवर्तन भएको रहेनछ । मैले सोचेको भन्दा धेरै पछाडि नै घिस्रिदै पो रहेछ मेरो समाज त । जसले अफ्ठ्यारो अवस्थामा साथ र सान्त्वना दिनुको सट्टा उल्टै सट्टा धारे हात लगायो, अपमान र हतोत्साही मात्रै गर्न खोज्यो ।’
नत, अहिलेसम्म कोरोना संक्रमितको पहिचान नखुलाउने भनिएको छ । तर आफू स्वास्थ्यकर्मी भएको र अरुलार्ई सचेत बनाउनुपर्ने दायित्व भएकाले प्रकाशले आफू संक्रमित भएको र आफ्नो सम्पर्कमा आएका सबैले आफूलार्ई आइसोलेट गर्न र परीक्षण गराउन सल्लाह दिए । तर यसरी आमहितको लागि आफू संक्रमित भएको सार्वजनिक गर्दा र त्यसबारेमा अरुलार्ई सचेत गराउँदा आफू र आफ्नो परिवार नै अपमानित हुनुपर्छ भन्ने उनले सोचेकै थिएनन् ।
कोरोनाभाइरसको संक्रमण जोकोहीलार्ई पनि हुन सक्छ । अझ स्वास्थ्यसेवामा खटिएका स्वास्थ्यकर्मीहरु यसको उच्च जोखिममा छन् । देवप्रकाश स्वास्थ्यकर्मी भएकाले पनि सुरक्षा विधिबारे राम्रो जानकार थिए । घरपरिवारमा सामाजिक दुरी कायम गरेर बसेकाले कसैलाई संक्रमण सर्न नपाएको बताउँछन् ।
प्रकाशलार्ई आजभोलि संक्रमित हुनुको भन्दा पनि समाजको चिन्ता बढी छ । उनी भन्छन्, ‘हाम्रो समाज त सकारात्मक भैसकेको रहेनछ । खै केही पनि परिवर्तन भएको रहेनछ । मैले सोचेको भन्दा धेरै पछाडि नै घिस्रिदै पो रहेछ मेरो समाज त । जसले अफ्ठ्यारो अवस्थामा साथ र सान्त्वना दिनुको सट्टा उल्टै सट्टा धारे हात लगायो, अपमान र हतोत्साही मात्रै गर्न खोज्यो ।’
प्रकाश ‘आफूले भन्दा पनि परिवारले सहनुपरेको पीडाले पोल्ने गरेको’ बताउँछन् । संक्रमण पुष्टि भएसँगै धौलागिरी अस्पतालको आइसोलेशनमा रहेका प्रकाशका परिवारलार्ई समाजले विभिन्न लान्छना लगायो । ‘सवै सखाप बनायो, सवैलार्ई रोग सारेर गयो’ यस्तै यस्तै अनेकौं लान्छनायुक्त प्रहार उनको परिवारमाथि भयो । परिवारका सवै सदस्य पहिलेदेखिनै क्वारेन्टिनमा थिए । तर समाजले उनीहरुलार्ई हेर्ने नजर बदलियो । उनीहरुमाथि अपराधीको जसरी व्यवहार भयो । ‘गाउँसमाजले रोग लिएर आयो, गाउँभरी सारेर गयो भनेर आरोप लगाए पनि आफूले विशेष सतर्कता अपनाएको’ उनी बताउँछन् । ‘आफूले पूर्ण स्वास्थ्य सतर्कता अपनाएकै कारण परिवार आफन्त तथा सम्पर्कमा आएका कसैमा पनि संक्रमण सर्न नपाएको’ उनको भनाइ छ ।
सम्पर्कमा आएका सवैलाई समयमै सतर्क गराएर परीक्षण गर्दा समुदायमा संक्रमण फैलिन पाएन । प्रकाशको सम्पर्कमा आएका सवैको परिक्षण रिपोर्ट नेगेटिभ आयो । रिपोर्ट नेगेटिभ आएसँगै परिवार अनि आफन्तलार्ई केही राहत मिलेको र गाउँसमाज अलि शान्त भएको प्रकाश बताउँछन् ।
आज देशका हरेक फ्रन्टलाइनर चिकित्सक, नर्स, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु जो संक्रमणको उच्च जोखिममा छन् तर राज्य तथा समाजको असंवेदनशीलताका कारण उनीहरुमा मात्र निराशा बढ्दै गएको देखिन्छ । राज्यले उनीहरुको पूर्ण जिम्मेवारी लिएर आत्मबल बढाउन सघाउनुपर्छ जनताको जीवनको सुरक्षा राज्यको दायित्व हो ।
सुरुदेखिनै कोरोनाभाइरसविरुद्धको अभियानमा अग्रपंत्तिमा खटिएका प्रकाशले कहिल्यै सोचेनन् आफूमा पनि संक्रमण हुन्छ भनेर तर, कहाँबाट सर्यो भन्ने अझै उनले भेउ पाउन सकेका छैनन् । त्यसैले, सवैलार्ई सतर्क हुन र सुरक्षा सतर्कता अपनाउन उनी धौलागिरी अञ्चल अस्पतालको आइसोलेशनबाट अपिल गर्छन् ।
भाइरस संक्रमणसँगै टाइफाइडबाट थलिएका प्रकाश आज स्वस्थ भएका छन् । उनमा कोरोना संक्रमणका कुनै पनि लक्षण छैन । परिस्थितिलार्ई सकारात्मक तरिकाले सामना गरेकै कारण आफू स्वस्थ र अझै बलियो बन्दै गएको प्रकाश बताउँछन् । अबको परिक्षण रिपोर्ट नेगेटिभ आउनेमा उनी विस्वस्त छन् । उनी भन्छन्, ‘सकारात्मक सोच, उच्च मनोवल र स्वथ्यकर खानपीनले म कोरोनामुक्त हुँदै गएको छु । छिटै अस्पतालले दिएको जिम्मेवारी सम्हाल्दै विरामीको सेवामा उपस्थित हुन आतूर छु ।’
आज देशका हरेक फ्रन्टलाइनर चिकित्सक, नर्स, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु जो संक्रमणको उच्च जोखिममा छन् तर राज्य तथा समाजको असंवेदनशीलताका कारण उनीहरुमा मात्र निराशा बढ्दै गएको देखिन्छ । राज्यले उनीहरुको पूर्ण जिम्मेवारी लिएर आत्मबल बढाउन सघाउनुपर्छ जनताको जीवनको सुरक्षा राज्यको दायित्व हो ।
स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीको मनोबाल गिराउने खालका क्रियाकलापले उनीहरुको मनोविज्ञानमा कस्तो असर पर्ला ?
हामीलार्ई आफ्नै गाउँसमाजले त साथ दिन सक्दैन भने अरु कोसँग सहयोगको अपेक्षा गर्ने ? एकअर्कालार्ई परेको खण्डमा काँधमा काँध मिलाउने हामी नेपालीको स्वाभिमान कहाँ गयो होला ? मर्दापर्दा एकजुट हुने नेपाली संस्कार कहाँ हरायो ? अनेकन प्रश्न कोरोना महामारीले उव्जाएको छ । अनि यस्तै यस्तै प्रश्नहरुको पोको बोकेर स्वास्थ्य सेवामा खटिएकाहरु ज्यानको बाजी लगाएर उभिएकै छन् । के उनीहरुको योगदानको कदरको दुई शब्द खर्चिने हिम्मत हामीमा छैन ? अनि उनीहरुको सम्मान र हौसला प्रदान गर्ने दायित्व हाम्रो होइन ?