बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रिया चक्रवर्तीको डिलिट गरिएको च्याटमा लागुऔषधसँग सम्बन्ध रहेको खुलासा

बुधबार, १० भदौ २०७७, ०८ : ०८
बुधबार, १० भदौ २०७७

सुशान्त सिंह मुद्दामा मंगलबार पाँचौं अनुसन्धान एजेन्सीको पनि प्रवेश भएको छ । सिबिआई, ईडी, बिहार प्रहरी र मुम्बई प्रहरीपछि एनसीबी पनि यसमा समावेश भएको छ । प्रवर्तन निर्देशनालय (इडी) ले रियाको ह्वाट्सएपबाट डिलिट गरिएको च्याट सिबिआईका साथै नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) लाई सुम्पिएको छ । इडीले जुन च्याट दिएको छ, त्यसमा रिया चक्रवर्तीको लागूऔषधसँग सम्बन्ध भएको खुलासा भएको छ ।

रियाका च्याटका पाँच पात्र, जो लागूऔषधसँग जोडिएका छन्ः

केही रिपोर्टमा दाबी गरिए अनुसार रियाले लागूऔषधको सिलसिलामा गरिएको जुन च्याट डिलिट गरेकी छिन्, त्यो चार व्यक्तिसँग जोडिएको थियो ।

– पहिलो पात्र गौरव आर्या, जसलाई ड्रग डिलर बताइएको छ । उनीसँग रियाको कुरा सन् २०१७ मा भएको थियो । यसमा रियाले एमडीको माग गरिरहेकी थिइन् । रियाले सोधेकी थिइन्, ‘के तिमीसँग एमडी छ ?’

– दोस्रो पात्र जया साहा । जयासँगको च्याटको केही हिस्सा सार्वजनिक भएका छन् जसमा रियाले गत नाभेम्बरदेखि सुशान्तलाई कुनै लागूऔषध दिइरहेको शंका गरिएको छ । यस्तै, जयासँग रियाले १४ जून अर्थात् सुशान्तको मृत्युको खबर पाएलगत्तै अर्थात् दिउँसो करिब साढे दुई बजे कुरा गरेकी थिइन् ।

– तेस्रो व्यक्ति श्रुति र चौथो मिरान्डा हुन् । यी दुई श्रुति मोदी र स्यामुअल मिरान्डा हो होइनन् भनेर पुष्टि भइसकेको छैन ।

– स्यामुअलबारे सुशान्तका कुक निरजले पनि कुरा गरेका थिए कि उनले एक विशेष प्रकारको चुरोट ल्याउँथे । १३ जूनको राती सुशान्तले यो विशेष प्रकारको चुरोट पाएका थिएनन् ।

– पाँचौं पात्र रियाका भाई शोविक चक्रवर्ती हुन् । रिपोर्टका अनुसार जुन ड्रग्सको प्रयोग रियाले गरिरहेकी थिइन्, त्यो विशेषगरी हाई–प्रोफाइल पार्टीमा भेटिन्छ ।

View this post on Instagram

Rhea Chakraborty's deleted messages and their details have been accessed from the data dump obtained by the ED. The chats are about usage and dealing with a particular drug, and the actress had deleted those chats, but the ED retrieved it using their forensic team's expertise. The drug she talked about is a party drug mostly used in high-profile parties, not available to everyone. All deleted chats between Rhea and others about Drugs they gave to SSR and people involved in this are 1. Gaurav (some dealer) 2. Jaya Saha ( related to KWAN) 3. Shruti Modi 4. Samuel Miranda 5. Rhea Chakraborty 7. Showik Chakraborty 8. Showik's friend Chat 1: ‘Incase we speak about hard drugs, I haven’t been doing too much. Tried MDMA once’, chat between Rhea & Gaurav who is allegedly a drug dealer. Chat 2: ‘You have MD?’, chat between Rhea & Gaurav who is allegedly a drug dealer. Chat 3: ‘I have asked him to coordinate with Shruti & reach it up’, chat between Rhea & Jaya Saha. Chat 4: ‘Thank you so much’, Rhea to Jaya Saha & Jaya replies saying ‘No problem bro, hope it helps’. Chat 5: Hi Rhea, the stuff is almost over, Miranda to Rhea. Chat 6: ‘Use 4 drops in tea, let him sip it …. Give it 30-40 mins to kick in’, Jaya Saha to Rhea. Chat 7 : ‘Should we take it from Showik’s friend? But he has just hash & bud’, Miranda to Rhea. Reports are doing the rounds that ED officials will be probing if drugs were used to deteriorate Sushant’s mental health. ED has shared Rhea’s WhatsApp messages with the CBI team and the Narcotics Control Bureau. . . Follow @staunchmedia (Source: Times Now) . #SSRCulpritsBehindBar #sushantdeathmystery #Sushantsinghrajput #CBI #cbitakesover #CBIForSSR #ripsushantsinghrajput #sushant #sushantrhea #RheaChakraborty #Warriors4SSR #bollywood #victoryforssr #justiceforsushantsinghrajput #justiceforssr #dilbechara #satyamevjayate #1ststeptossrjustice #cbicrucialforssr #cbienquiryforssr #bollywoodactor #cbienquiryforsushant #cbiforsushant #staunchmedia

A post shared by Staunch Media🧿 (@staunchmedia) on

डिलिट गरिएको च्याटमा यी कुराको खुलासाः

– रियाले डिलिट गरेको च्याट इडीले रिट्रिव गरेको हो । जसमा हार्ड ड्रग एमडीएमको कुरा गरिएको छ । यो पार्टी ड्रग हो जुन मुम्बईमा निकै सजिलै भेटिन्छ विशेषगरी बी टाउन पार्टी र रेव पार्टीमा पनि ।

– एक च्याटमा मिरान्डाले रियासँग भनेकी छिन्, ‘हेलो रिया सबै स्टक लगभग समाप्त भइसकेको छ ।’

– अर्को एउटा च्याटमा जया साहाले रियालाई भनेकी थिइन्, ‘पानी, चिया वा कफीमा चार थोपा मिसाएर उनलाई (सम्भवतः सुशान्तलाई) दिनु । त्यसपछि ४० मिनेट लाग्नेछ ।

वकिलको दाबीः रियाले कहिले पनि ड्रग्स लिएकी छैनन्

रियाका वकिल सतिश मानशिन्देले ड्रग्स कनेक्सनलाई पूर्ण रुपमा खारेज गरेका छन् । मानशिन्देले भनेका छन्, ‘रियाले कहिले पनि ड्रग्सको प्रयोग गरेकी छैनन् । रिया आफ्नो रगत परीक्षण गर्न पनि तयार छिन् ।’

इडीले सोधपुछको क्रममा जफत गरेको थियो ह्यान्डसेटः

अवैध धनलाई वैध बनाएको मामिलामा ईडीले रिया र उनको परिवारसँग सोधपुछ गरेको थियो । रियासँग एजेन्सीले दुईपटक सोधपुछ गरेको थियो । यतिबेला इडीले रियाका चारवटा मोबाइल जफत गरेको थियो । यीमध्ये दुई रियाका थिए । अन्य दुई आइप्याड र एक ल्यापटप पनि इडीले कब्जामा लिएको थियो । यी सबै विद्युतीय उपकरण अनुसन्धानका लागि फोरेन्सिक ल्याब पठाएका थिए । यति नै बेला यो मामिलामा ड्रग्सको सम्बन्ध भएको पनि खुलासा भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप