मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ऋषि पञ्चमी नुहाउँदा बागमतीमा बेपत्ता भएका तीनै जना बालिकाहरुको शव फेला

बुधबार, १० भदौ २०७७, ०८ : ०२
बुधबार, १० भदौ २०७७

रौतहट । रौतहटको  पूवसर््भेग गढीमाई नगरपालिकास्थित बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा नुहाउन जाँदा बेपत्ता तिनैजना बालिकाको शव बरामद भएको छ ।

गत ७ गते बिहान गढीमाई नगरपालिका वडा नं. ७ धर्मपुर टोल बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारी मुखिया बागमतीमा नुहाउन जाँदा बेपत्ता भएका थिए ।

घटना लगत्तै धर्मपुर प्रहरी चौकीबाट र ईप्रका समनपुरबाट क्षेत्र बहादुर बरुवालको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्दा सोहि दिन अपरान्ह ३ बजेको समयमा पिंकु कुमारी मुखियाको शव  बरामद गरेको थियोे ।

मंगलबार माधवनारायण नगरपालिका–८ स्थित बाग्मती खोलाको किनारमासुसिता कुमारी दासको र राजदेवी नगरपालिका–९ ब्रम्हपुरीस्थित बागमती  नदीको पूर्वपट्टी किनारमा चञ्चल कुमारी मुखियाको पनि शव फेला  परेको  रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप