बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी अधिकारीले प्लाज्मा थेरेपीलाई बढाईचढाई भनेकोमा मागे माफी

बुधबार, १० भदौ २०७७, ०६ : ३०
बुधबार, १० भदौ २०७७

अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) का शीर्ष डाक्टरले कोभिड–१९ को उपचारमा प्लाज्मा थेरेपीको फाइदालाई बढाईचढाई भनेकोमा माफी मागेका छन् ।

एफडीए कमिश्नर स्टीफन ह्यानको एजेन्सीले कोरोनाभाइरसका बिरामीका लागि आपतकालीन स्थितीमा प्लाज्मा थेरापीलाई मञ्जुरी दिएपछि निशानमा आएका थिए ।

राष्ट्रपति डोनल्ड ट्रम्पसँग ‘हो’ मा हो मिलाउँदै ह्यानले यो उपचार विधि जीवन बचाउने खालको बताएका थिए ।

यद्यपि, वैज्ञानिकले ह्यानले बताएको आँकडामाथि प्रश्न खडा गर्न सुरु गरेका थिए । यसमा मृत्युदर ३५ प्रतिशतसम्म काम हुनसक्ने बताइएको थियो । यो दाबी मायो क्लिनिकको एक सुरुवाती परिणामको आधारमा गरिएको हो ।

ह्यानले सिबिएस न्यूज एजेन्सीसँगको कुराकानीमा आँकडाले के भन्छ, त्यो बताउनका लागि उनले राम्रोसँग काम गर्नसक्ने बताएका छन् ।

उनले यो निर्णयमा भनेका छन्, ‘यो उपचारलाई आपतकालीन स्थितीमा दिने निर्णय एफडीएफका वैज्ञानिकले गरेका हुन् जुन विज्ञान र आँकडाको आधारमा हो ।’

ह्यानले राजनीति गरेको भदै आलोचना खेपिसकेका छन् । उनीमाथि ट्रम्प प्रशासनको समर्थन गरेको आरोप पनि छ । ट्रम्प प्रशासनले नोेभेम्बर ३ मा हुन लागेको राष्ट्रपति चुनावलाई मद्देनजर गर्दै कोभिड–१९ को उपचारमा तीब्रता ल्याइरहेको छ ।

प्लाज्मा थेरापीको घोषणा हुनु एकदिन अघि राष्ट्रपति ट्रम्पले एफडीएमाथि राजनीतिक कारणले भ्याक्सिनको काममा र उपचारको तरिकामा बाधा हाल्ने आरोप लगाएका थिए ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप