बिरामी नफर्काउन मुख्यमन्त्री राईको निर्देशन

मोरङ । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड–१९ र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रतिष्ठानका पदाधिकारीहरुसँग आज छलफल गर्दै जनस्तरबाट आएको गुनासोलाई सम्बोधन गर्न उनले निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री राईले प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्ट्रार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफलपछि उपचारमा आउने बिरामीको राम्रो उपचार गर्न र आएका बिरामीलाई नफर्काउन निर्देशन दिए ।
उनले तत्काल पिसीआर परीक्षणको दायरा बढाउन र त्यसका लागि आवश्यक संयन्त्र निर्माण गर्न पदाधिकारीलाई निर्देशन दिँदै प्रतिष्ठानमा ५०० क्षमतको आइसोलेशन बेड तयार पार्न र कोभिड अस्पताललाई २०० बेड क्षमताको बनाउन निर्देशन दिए । सो अवसरमा प्रतिष्ठानका पदाधिकारीले निर्देशनबमोजिमको आवश्यक काम थाल्ने प्रतिवद्धता व्यक्त गर्दै प्रतिष्ठानका वर्तमान वस्तुस्थितिबारेमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो
-
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने