हिमालय एयरलाइन्सले अगस्ट २६ देखि ३१ सम्म पूनः उद्धार चार्टर उडान गर्दै
मङ्गलबार, ०९ भदौ २०७७, १८ : ४८
![हिमालय एयरलाइन्सले अगस्ट २६ देखि ३१ सम्म पूनः उद्धार चार्टर उडान गर्दै](https://rpcdn.ratopati.com/media/albums/Himalaya_Airlines_aircarft_-_new_livery_qWsif0hqws.jpg)
काठमाडौं– हिमालय एयरलाइन्सले पूनः उद्धार उडान गर्ने भएको छ । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई यही अगस्ट २६ देखि अगस्ट ३१ सम्म स्वदेश ल्याउने जनाएको छ ।
एयसलाइन्सले अगस्ट २६ मा साउदी अरेबियाको दमासबाट नेपालीको उद्धार गर्नेछ । अगस्ट २७ र २९ मा मलेशियाको क्वालालम्पुरबाट अगस्ट ३० मा यूएईको आबुधाबीबाट र अगस्ट ३१ म कतारको दोहाबाट उद्धार चार्टर उडान गर्ने एयरलाइन्सले जनाएको छ ।
विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ ।
अगस्ट २६ देखि अगस्ट ३१ सम्मको उडान तालिका यस्तो छ