शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सले अगस्ट २६ देखि ३१ सम्म पूनः उद्धार चार्टर उडान गर्दै

मङ्गलबार, ०९ भदौ २०७७, १८ : ४८
मङ्गलबार, ०९ भदौ २०७७

काठमाडौं– हिमालय एयरलाइन्सले पूनः उद्धार उडान गर्ने भएको छ । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई यही अगस्ट २६ देखि अगस्ट ३१ सम्म स्वदेश ल्याउने जनाएको छ । 

एयसलाइन्सले अगस्ट २६ मा साउदी अरेबियाको दमासबाट नेपालीको उद्धार गर्नेछ  । अगस्ट २७ र २९ मा मलेशियाको क्वालालम्पुरबाट अगस्ट ३० मा यूएईको आबुधाबीबाट र अगस्ट ३१ म कतारको दोहाबाट उद्धार चार्टर उडान गर्ने एयरलाइन्सले जनाएको छ । 

विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ । 

अगस्ट २६ देखि अगस्ट ३१ सम्मको उडान तालिका यस्तो छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप