शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवाद्वारा दुःख व्यक्त

मङ्गलबार, ०९ भदौ २०७७, १८ : ०३
मङ्गलबार, ०९ भदौ २०७७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता गोविन्द रञ्जितको निधनप्रति दुःख व्यक्त गरेका छन् । काँग्रेस काठमाडौं महानगरपालिका वडा–२१ कार्यसमितिका सभापति रञ्जितको उपचारका क्रममा आज ६७ वर्षको उमेरमा बिहान निधन भएको हो ।
 
सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत उनीमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । विसं २०३६ देखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नुएका रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप