
दुई साथी

एकपल्ट दुईजना साथीहरु जङ्गलमा जाँदै थिए, अकस्मात एउटा भालु हामम्फाल्दै आइपुग्यो । एकजना दगुर्दै रुख चढिहाल्यो र त्यहाँ लुकेर बस्यो । अर्को साथीले चाहिँ भाग्न भ्याएन । के गर्ने हो अब ? ऊ त्यही बाटोमा लम्पसार परेर पल्टियो र मरे जस्तो गर्यो ।
भालु उसको नजिक आयो र सुँघ्न थाल्यो । त्यो मान्छे सासै नफेरिकन पल्टिरह्यो ।
भालुले उसको मुखमा सुँघ्यो र मान्छे मरिसकेको रहेछ भन्ठानेर उसलाई त्यतिकै छाडेर हिँड्यो ।
भालु हिँडेपछि साथीचाहिँ रुखबाट ओल्र्यो र उसलाई जिस्क्याउन थाल्यो ः ‘ए क्या हो, के भन्यो त तँलाई भालुले ?’
‘भालुले मलाई भन्दैथियो– ती मान्छे खराब हुन् जसले विपद्मा आफ्नो साथीलाई एक्लै छोडेर हिँड्छन् ।
स्रोतः रादुगा प्रकाशन मास्कोले प्रकाशित गरेको लियो टोल्सटोयका बालकथा ।
Title Photo: https://i2.wp.com
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ