शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ३३८ पुग्यो

मङ्गलबार, ०९ भदौ २०७७, ११ : ०५
मङ्गलबार, ०९ भदौ २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसिआर बिधिबाट ५३ हजार ७४९ जनाको नमुना जाच गर्दा ५ हजार ३३८ मा कोरोना संक्रमण फेला परेको छ ।

४८ हजार ४११ जनामा नेगेटिभ छ भने २ हजार ६६१ जनाको स्वाब नमुनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक बिकास मन्त्रालयले रातोपाटीलाई जानकारी दिएको छ ।
 
फेला परेका संक्रमितमध्ये अछाम ८३६, बैतडी ३३१, बझाङ्ग २८८, बाजुरा ४५२, डडेल्धुरा ३१२, दार्चुला ४४, डोटी ८५०, कैलाली १५८४, कंचनपुर ६४१, रहेका छन् । 

हाल सम्म १ लाख २४ हजार ६९० जनाको आरडिटी परिक्षण गरेको र सो बाट १० हजार १९२ जनामा पोजिटिभ रिजल्ट आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । 

४ हजार ४०० संक्रमित निको भएर घर गइसकेका छन् भने ११ जना संक्रमितको मृत्यु भइसकेको उनले बताए । 

मंगलबार गरिएको परिक्षणमा सेती प्रादेशिक अस्पताल प्रयोग शालाबाट ५७ र डडेल्धुरा अस्पताल प्रयोग शालाबाट ५७ जना गरी ११४ जनामा कोरोना पुस्टी भएको छ ।

पुष्टि हुनेमा कैलालीका ४२ पुरुष,३६ महिला, कंचनपुरका ७ पुरुष, ४ महिला, अछामका, १२ पुरुष, ६ महिला, बैतडी १ पुरुष र डोटीका ६ पुरष रहेको उनले बताए । 

अझै २ हजार १५९ पुरुष र ९ सय ६३ महिला कवारेन्टाईनमा रहेका स्वास्थ्य महाशाखा प्रमुख काक्री को भनाई छ । बिभिन्न अस्पतालमा ६३ जना कोरोना संक्रमितको उपचार भइृरहेको र शंकास्पद १४ जना आईसोलेसनमा रहेको उनले बताए ।

सेती प्रादेशिक अस्पतालमा १४,टिकापुर ११, महाकाली २३,अछाम १०,डोटी २,डडेल्धुरा २ र मालाखेती अस्पतालमा १ जनाको उपचार भई रहेको उनले बताए ।

सुदूरपश्चिममा जम्मा सक्रिय संक्रमित ९२७ रहेको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप