शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के आलिया भट्टसँग तर्किन थाले फिल्म निर्माता ?

मङ्गलबार, ०९ भदौ २०७७, ०८ : ०३
मङ्गलबार, ०९ भदौ २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि उनका प्रशंसकसहित थुप्रै मानिसहरु रिसले भरिए र उनीहरुमध्ये धेरैको यो मान्यता छ कि सुशान्त नपोटिजमका शिकार भएका छन् ।

ती मानिसहरु यस्ता व्यक्तिविरुद्ध उत्रिए जो आफ्ना पिताको नाममा फिल्म इन्डष्ट्रिमा आएका छन् । यीमध्ये एक आलिया भट्ट पनि छिन् ।

आलियासँग रिसाउनुको अर्को कारण यो पनि हो कि रिया चक्रवर्ती र आलियाका पिता महेश भट्ट एक–अर्कालाई राम्रोसँग चिन्छन् र रिया लगातार महेश भट्टसँग सल्लाह लिइरहन्छिन् । यी दुईको ह्वाट्सएप च्याट पनि निकै भाइरल भइरहेको छ ।

 यतिबेला रियामाथि विभिन्न नकारात्मक टिप्पणी भइरहेको छ । तसर्थ महेश भट्टको आगामी फिल्म ‘सडक टु’ को ट्रेलरले युट्युबमा बेस्सरी डिस्लाइक पाएको छ जसमा आलिया भट्ट मुख्य भूमिकामा छिन् ।

आलिया भट्ट पनि निशानामा छिन् र उनले पनि सोसल मिडियामा अत्यधिक नकारात्मक टिप्पणीको सामना गर्नुपरिरहेको छ । भारतीय मिडियामा प्रकाशित सामाचार अनुसार उनलाई लिएर फिल्म बनाउने योजना बुनिरहेका निर्माता–निर्देशक पनि अब आफ्नो निर्णयमाथि नयाँ ढङ्गले विचार गरिरहेका छन् ।

आमा–बुवामार्फत् बलिउडमा प्रवेश भएका कलाकार र निर्देशकलाई बोयकट गर्ने कुरा लगातार उठिरहेका बेला करोडौं रकम जोखिममा नपार्न निर्माता–निर्देशकले विचार गरिरहेको बताइएको छ ।

आलियाको ब्रह्मास्त्र र गंगूबाई काठियावाड रिलिज हुने तयारीमा छ । यसबाहेक सडक टु ओटीटी प्लेटफर्ममा २८ अगस्टमा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप