लेबनानमा राती सुत्दैनन् मानिस, अचानक रुन्छन्ः मनोचिकित्सकले भने, ‘आफैं आहत छौं, सहयोग गर्ने कसरी ?’
बेरुतमा बस्ने स्यान्ड्रा अबिनाडार थोरै मात्रै हलचल हुँदा पनि सतर्क हुन्छिन् । एक दिन उनी जार खोलिरहेकी थिइन् अचानक आवाज आयो, उनी डराएर जार छोडेर भागिन् । १८ वर्षकी स्यान्ड्रा हुन् वा २४ वर्षकी लुर्डेस फाखरी, आजकाल यस्तै मानसिक समस्यासँग जुधिरहेका छन् ।
लुईस त अचानक रुन थाल्छिन् । बेरुतमा लगभग दुई हप्ता अघि बिस्फोट भएका् थियो तर मानिसहरु यसबाट बाहिर निस्कन सकेका छैनन् । तर स्यान्ड्रा व्यावसायिक मनोचिकित्सकको मद्दत लिन तयार छैनन् । उनले आफूहरुले समस्यासँग जुध्न सिकिसकेको बताउँदै कसैलाई केही नभनी सहनशक्ति विकसित भइसकेको जानकारी दिएकी छिन् ।
वास्तवमा यहाँका नागरिक लामो समयसम्म गृहयुद्ध र साम्प्रदायिक संघर्ष झेलिसकेका छन् । त्यसपछि कोरोना महामारी र बिस्फोटले उनीहरुलाई भित्रै देखि तोडेको छ । अब डाक्टरले पनि मानसिक स्वास्थ्यबारे चेतावनी दिइरहेका छन् किनभने मानिसहरुमा नराम्रो सपना देख्ने, अचानक रोइदिने, चिन्ता, रिस र थकानजस्ता मानसिक आघातको लक्षण देखापर्न थालेको छ ।
टिभी र सोसल मिडियामा बिस्फोटसँग जोडिएका तस्बिरले गहिरियो असरः
मनोचिकित्सकका अनुसार टिभी र सोसल मिडियामा बिस्फोटको तस्बिर पटक–पटक देखिँदा पनि दिमागमा नराम्रो असर परेको हो । मेन्टल हेल्थ एनजीओ एम्ब्रेससँग सम्बन्धित जैद दौका अनुसार मानिसहरु हताश भइसकेका छन्, जब उनीहरुलाई अब केही हुँदैन भन्ने लाग्छ तब थप खराब स्थिती पैदा हुने गर्छ ।
मनोचिकित्सक वार्डे डाहेर भन्छन्, ‘यो पेशासँग जोडिएका मानिसहरुले कुनै मुद्दामा कुरा गर्न अस्विकार गरेका छैनन् तर यो बिस्फोटपछि भन्नु परिरहेको छ कि अहिलेसम्म त हामी आफैं आहत भएका छौं, अरुको मद्दत कसरी गर्ने ?’
मनोचिकित्सक ओला खोदोरले मानिसहरुले यस्तो समस्या देखेका र भोगेका थिएनन् त्यसपछि उनीहरु आफ्नो र बच्चाहरुको मद्दत गर्न नसकिरहेको बताइएको छ । बच्चालाई पूरा त होइन तर वास्तविकता त बताउनै पर्यो । यति गरे उनीहरुले पनि आफ्नो भावना व्यक्त गर्न सिक्नेछन् ।
बालबालिकालाई सम्झाउन थप मुश्किलः मनोचिकित्सक
मनोचिकित्सकका अनुसार यो घटनापछि बालबालिकालाई सम्झाउन थप मुश्किल भइरहेको छ । आमा–बुवाले आफ्ना सन्तानलाई यो त एउटा खेलमात्रै भएको बताइरहेका छन् । जस्तै एक पिताले आफ्नो सन्तानलाई बिस्फोटबारे जानकारी दिए यो एक नक्कली बूम गेम थियो जसमा प्लेहाउसमा बिस्फोट भएको र खरायोले आफ्नो ज्यान बचाउनका लागि भाग्नु पर्यो । उता युनिसेफको सर्वेक्षण अनुसार बेरुतमा ५० प्रतिशत बालबालिकामा चिन्ताजनक लक्षण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिकीकरणले मुलुकको विकासमा टेवा : उपप्रधानमन्त्री सिंह
-
नेपाल खुला विश्वविद्यालयका उपकुलपतिको अर्को मनोमानी : आफूखुसी २ जनालाई प्रोफेसरमा नियुक्त
-
सशस्त्रमा अवकाश हुन लागेका डीआईजीहरू म्याद थप्ने दौडमा
-
भीम रावलको प्रतिक्रिया– कारबाही निरंकुश, स्वेच्छाचारी र तानाशाही मनस्थितिको उपज
-
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुने
-
एसटीआई अध्यादेशले तोक्यो सहकारीको बचतको सीमा