शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भ्याक्सिनको वरिपरी घुमिरहेको राजनीति

मङ्गलबार, ०९ भदौ २०७७, ०७ : ०५
मङ्गलबार, ०९ भदौ २०७७

कोरोनाभाइरसको भ्याक्सिनको सम्बन्ध विज्ञानसँग छ तर आजको समयमा यो राजनीतिबाट पनि अछुतो हुन सकेको छैन ।

संसारमा विभिन्न भ्याक्सिनमाथि काम चलिरहेको छ र दैनिक यसबारे चर्चा भइरहन्छ ।

– फाइनेन्सियल टाइम्स र न्यूयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासन नोभेम्बरमा हुने राष्ट्रपति चुनावलाई मद्देनजर गर्दै बेलायतको कोभिड–१९ भ्याक्सिनलाई आपतकालीन अनुमती दिनेबारे विचार गरिरहेका छन् । यो भ्याक्सिनमाथि फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेका र अक्सफोर्डसँग मिलेर काम गरिरहेको छ । यद्यपि, ट्रम्पका अधिकारी र एस्ट्राजेनेकाले यो रिपोर्ट खारेज गरेको छ ।

– एक्सियोसमा प्रकाशित भएको अमेरिकाको एक नयाँ सर्वोक्षणमा ६६ प्रतिशत अमेरिकीले अमेरिकाको सबै भ्याक्सिनको अर्डर पूरा भएपछि मात्रै यहाँ बनेको भ्याक्सिन अन्य दुनियाका लागि साझा गरिने मान्यता राखेका छन् ।

– चीनका अनुसार आफूले काम गरिरहेको कोरोनाभाइरस भ्याक्सिन हालैका हप्तामा मुख्य कर्मचारीमाथि परीक्षण गरेको छ । यद्यपि, चीनको भ्याक्सिन ट्रायलमाथि सबै खुसी छैनन् । पपुआा न्यू गिनीले गत हप्ता १ सय ८० चिनियाँ नागरिकको प्रवेशमा रोक लगाएको थियो । उनीहरु ट्रायल भ्याक्सिनमा प्रतिरोधी क्षमता विकसित भइसकेको बताइएको थियो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप