कोरोनाभाइरसद्वारा पुनः संक्रमित व्यक्ति फेला

हङ्गकङका वैज्ञानिकले कोरोनाभाइरसद्वारा पुनः संक्रमित भएका व्यक्ति फेला पारेका छन् ।
३० वर्ष माथिका यी व्यक्ति पहिलो पटक साढे चार महिना अघि कोरोनाभाइरसद्वारा संक्रमित भएका थिए ।
वैज्ञानिकका अनुुसार यो भाइरसको जिनोममा दुई कुरा नितान्त फरक थिए र यो पुनः संक्रमण देखिएको संसारको पहिलो मामिला हो ।
यद्यपि, विश्व स्वास्थ्य संगठनले एक बिरामीको आधारमा सिधा निष्कर्ष निकाल्न नमिल्ने बताएको छ ।
यस्तै, विशेषज्ञले पुनः संक्रमित हुनु अत्यधिक दुर्लभ भएको र यो पहिलेको भन्दा गम्भीर नहुन पनि सक्ने बताएका छन् ।
हङ्गकङ विश्वविद्यालयको यो रिपोर्टमा संक्रमण ठिक हुनुअघि यी व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेको तर एयरपोर्टमा स्क्रिनिङको क्रममा उनी पुनः संक्रमित पाइएको जानकारी दिएको छ । यद्यपि, उनलाई कुनै लक्षण देखिएको भने थिएन ।
लण्डन स्कूल अफ हाइजिन तथा ट्रपिकल साइन्सका प्राध्यापक ब्रेन्डन रेनका अनुसार यो पुनः संक्रमणको निकै दुर्लभ मामिला हो ।
उनका अनुसार यसका कारण कोभिड–१९ को भ्याक्सिन अत्यन्तै आवश्यक हुने गर्छ र भाइरस समयसँगै आफूलाई परिवर्तन गर्ने पनि आशंका छ ।
जो मानिस भाइरसबाट संक्रमित हुन्छन् उनीहरुको शरीरमा भाइरसबाट लड्नका लागि इम्युन सिस्टम विकसित हुने गर्छ जसले भाइरसलाई पुनः फर्कनबाट रोक्छ ।
सबैभन्दा बलियो प्रतिरोधी क्षमता ती मानिसहरुमा पाइन्छ जो गम्भीर रुपमा कोभिड–१९ द्वारा संक्रमित भएका छन् । यद्यपि, यो सुरक्षा कति लामो हो र प्रतिरोधी क्षमता कहिलेसम्म रहन सक्छ भनेर अहिलेसम्म स्पष्ट जानकारी छैन ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
-
सुष्मा र विशालको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा
-
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर