उपत्यकामा कोरोना सङ्क्रमण बढ्यो

काठमाडौंँ – बन्दाबन्दी खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ ।
बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा थप २२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले सरोकार निकाय र नागरिक तहमा उच्च सतर्कता आवश्यक भएको बताए । उनले यही अवस्थामा सङ्क्रमितको सङ्ख्या बढ्दै गए समुदायमा फैलने र उपचारमा समेत कठिन हुने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते
-
वरिष्ठ गीतकार थापालाई टाइम अचिभमेन्ट अवार्ड प्रदान
-
दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा गरियो
-
सूर्य थापालाई धम्की दिएको आरोपमा एक युवक पक्राउ