मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको महाड शहरमा ५ तले भवन ढल्यो, दर्जनौ हताहत भएको आशंका

सोमबार, ०८ भदौ २०७७, २३ : ५८
सोमबार, ०८ भदौ २०७७

एजेन्सी । भारतको महाराष्ट्रस्थित रायगढमा एक भवन ढल्दा ९० जनाभन्दा बढी हताहत भएको आशंका गरिएको छ । रायगढ जिल्लाको महाडमा रहेको ५ तले भवन ढलेको हो । महाड शहर दक्षिण मुम्बईबाट १८० किलोमिटर टाढा पर्दछ । रायगढ जिल्ला प्रशासनका अधिकारीहरुका अनुसार चारवटा टिम उद्धार कार्यमा लागेका छन् ।

१५ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ । समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार उद्धारका लागि राष्ट्रिय विपद व्यवस्थापन (प्रतिक्रिया) बलको टोलीहरु उद्धारका लागि पुगेका छन् । स्थानीय प्रहरीका अनुसार सोमबार साँझ ७ बजे भवन ढलेको हो ।

हापुस ताल नजिकै रहेको उक्त भवन एक दशक पुरानो भवन हो । यस भवनामा ४५ देखि ४७ वटा फल्याटहरु थिए । जब भवन ढल्न लागेको थियो, त्यही बेला केही मानिसहरु भने भवन बाहिर आउन सफल भने धेरै मानिसहरु त्यसबेला भित्रै थिए । महाड शहर एक औधोगिक क्षेत्र हो, जहाँ प्रत्येक वर्ष ठूलो वर्षा भैरहन्छ ।

सन् २०१६ मा पनि मुम्बई–गोवा राजमार्गमा रहेका ब्रिटिशकालिन पुल यसैगरी ढलेको थियो । जसका कारण ठूलो क्षति पुगेको थियो । भारतीय गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद प्रतिक्रिया बलका महानिर्देशकलाई उद्धार र सहायता प्रदान गर्न निर्देशन दिएका छन् । त्यस्तै मुख्यमन्त्री उद्धव ठाकरे, स्थानीय विद्यायक भरत गोगावले लगायतले घटनाको समीक्षा गरेका छन् र उद्धार कार्यमा जुट्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप