विस्फोटपछि बेरूतमा विदेशी मजदूरको बिजोग
एजेन्सी । लेबनानको राजधानीमा केही हप्ता पहिले भएको विस्फोटका कारण रोजगारी गुमाएका विदेशी कामदारहरूले आफूहरू छिट्टै स्वदेश फिर्ता हुन आग्रह गरेका छन् । लेबनानको आर्थिक सङ्कटको सामना गरिरहेका समय कोरोनाभाइरसको महामारी आएको र महामारीसँग जुधिरहेको समय कहालीलाग्दो विस्फोट भएको सम्झँदै आफू स्वदेश फर्किन चाहेको बताउँछिन् इथियोपियाली कामदार तारिक केबेदा । आफ्नो बेरूतस्थित निवास विस्फोटका कारण भत्किएकोे उनी बताउँछिन् ।
सानो घर भित्र उनी चारजना साथीहरूसँग साझेदारी गर्थिन् । तर अहिले उनले आफ्नो कोठालाई पत्रिकाले बारेर बस्नु परेको भन्दै पत्रिकाले बारेको झ्यालतर्फ देखाइन् । अगस्ट ४ को विस्फोटले झ्यालका शिसाहरू फुटेपछि उनले यो अवस्थामा बस्नु परेको हो ।
त्यो घरमा बस्ने उनीसहित अन्य साथीहरूले महामारीका कारण पहिले नै आफ्नो जागिर गुमाएका थिए । घरेलु कामदार,सुपरमार्केट वा रेस्टुरेन्टहरूमा काम गर्ने तिनीहरूको अब घर पनि जोखिममा छ । “म यहाँ सुत्न डराउँछु,” २२ वर्षीया ती युवतीले भनिन् । भित्तामा गहिरो खाडलहरू देखाउँदै उनले भनिन् अब सामान्य हावाले पनि भवन हामी माथि खस्ने जोखिम रहेको छ । महिनौंको डलरको अभाव र त्यसपछि कोरोनाभाइरस महामारीपछि लेबनानमा हजारौं विदेशी कामदारहरू फसेका थिए ।
त्यसपछि बेरूतको बन्दरगाहमा विस्फोटन भयो । जसले १८१ भन्दा बढी व्यक्तिको ज्यान लियो, हजारौं घाइते भए र शहरमा हजारौँ घरमा क्षति पुग्यो । केबेदा भन्छिन्, “यो कहालीलाग्दो घटना भएको छ । अब शहर छोड्नुपर्छ तर कसरी हातमा केही छैन ।” “मलाई लेबनान मनपर्छ, तर म यहाँ बस्न चाहन्न,” उनले बताइन् । “यहाँ कुनै काम छैन । म के खाने, कहाँ बस्ने र कसरी बाँच्ने ?”
केही विदेशी कामदारहरूले उनीहरूलाई सहयोगदाताहरूसम्म पुग्न सम्भव नै नभएको बताउन गरेको पनि उनी सुनाउँछिन् । कराँटीनाको छेउछाउमा बस्ने केबेदाकी छिमेकी हानाले दावी गरिन् “सहायताकर्मीहरूले लेबनानीलाई प्राथमिकता दिन्छन् ।”
उनीहरू विस्फोटपछिको पीडा व्यक्त गर्ने प्रतिनिधि पात्र हुन् । लेबनानमा पुगेका अधिकांश अफ्रिका, अरब तथा एशियाली मुलुकका श्रमिकहरूले घरायासी काम गर्ने गरेका थिए । “अहिले शहर नै विनास भएको छ । कामको ठेगान नै छैन,” एकतीस बर्षीय रोमाने अबेराले बताइन् ।
“मेरो इच्छा छ कि लेबनान पहिले जस्तो होस् । त्यस्तै फिर्ता जान सकियोस् ।” अबेराले भनिन् । उनले इथियोपियामा आफ्नो बच्चालाई छोडेर हालसालै त्यहाँ आएकी थिइन् तर आफ्नो जागिर गुमाएकी छन् । धेरै मुलुकका सयौं हजारौं आप्रवासी कामदारहरूले कम्तिमा दुई लाख ५० हजार घरायसी कामदार तथा अन्य श्रमिकले लेबनानमा कठिन परिश्रम गरेर घरमा पैसा पठाउँथे । तर अहिले अत्यधिक व्यक्तिका अवसर गुमेका छन् । उनीहरूको एउटै आवाज रहने गरेको छ हामीहरूलाई घर फर्किने वातावरण मिलाइदिनोस् । तर महामारीका कारण तत्काल यो सहज छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म