एक महिनामा ८५ अर्बको सामान आयात

काठमाडौं । एक महिनामा ८५ अर्ब रुपैयाँको सामान आयात भएको छ । साउन महिनामा ८५ अर्ब ८० करोड रुपैयाँको मालवस्तु आयात भएको हो । यो अघिल्लो वर्षको सोही समयको तुलनामा करिब २० प्रतिशत कम हो । सोही अवधिमा ९ अर्ब ६२ करोड रुपैयाँको वस्तु तथा सेवाको निर्यात भएको छ । यो निर्यात अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी हो ।
आयात र निर्यातको यो अंकका आधारमा एक महिनामा देशले ७६ अर्ब १८ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । आयात बढेको र निर्यात घटेका कारण व्यापारघाटामा करिब २२ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ ।
यो अवधिमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । एक महिनामा ८ अर्ब ८४ करोड रुपैयाँ बराबरका यस्ता सामान भित्रिँदा ८ अर्ब २९ करोडको मेसिनरी इक्विपमेन्ट, खाद्यान्न ६ अर्ब ६२ करोडको तथा आइरन तथा फलाम ६ अर्ब ५४ करोडको भित्रिएको छ ।
देशबाट बाहिरिने सामानमा भने सोयाबिन तेल प्रमुख छ । एक महिनामा २ अर्ब २७ करोडको सोयाबिन तेल निर्यात मात्रै निर्यात भएको छ । यो करिब २३.६ प्रतिशत हो । त्यसबाहेक चिया, कार्पेट, अलैची, जुट, टेक्सटाइल जस्ता सामान समेत प्रमुख रुपमा निर्यात भएका छन् ।
यो अवधिमा कुल आयातमध्ये भारतबाट ६६ प्रतिशत, चीनबाट १३ प्रतिशत, दक्षिण कोरियाबाट २.५२ प्रतिशत, अर्जेन्टिनाबाट २.२१ प्रतिशत, क्यानडाबाट १.९० प्रतिशत आयात भएको छ । निर्याततर्फ ६६ प्रतिशत भारतमा, १३.२७ प्रतिशत संयुक्त राज्य अमेरिकामा, ३ं.०९ प्रतिशत जर्मनीमा, बेलायतमा २.०७ प्रतिशत निर्यात भएको छ । एक महिनामा ९१ देशसँग व्यापार भएको थियो ।
एक महिनामा सबैभन्दा बढी आयात वीरगञ्ज नाकाबाट २७.५४ प्रतिशत, भैरहवा नाकाबाट २१.२९ प्रतिशत, विराटनगर नाकाबाट १२.२९ प्रतिशत, सुख्खा बन्दरगाहबाट १०.९९ प्रतिशत, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १०.४६ प्रतिशत सामान आयात भएको छ । हवाईजहाजबाट औषधिजन्य पदार्थको आयात हुनाले हवाई क्षेत्र मार्गबाट हुने आयात १० प्रतिशत नाघेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुलसीपुर बजार क्षेत्रका विद्युत तार फेरियो
-
पर्यटन प्रवर्द्धन : मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा
-
बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित घर
-
आधुनिक यन्त्रले किसानलाई आलु खेती गर्न सहज
-
ट्रम्पसँग बाझेर ह्वाइटहाउसबाटै बाहिरिए जेलेन्स्की, भने-पुटिनसँग कुनै सम्झौता हुन्न
-
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित