उपत्यकामा १५ किमी खानेपानीको पाइप र ७ किमी ढल विस्तार गरिने

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आगामी आर्थिक वर्षमा १५ किमी खानेपानीको पाइप र सात किमी ढल बिस्तार गर्ने भएको छ । उपत्यकामा खानेपानीको बढी समस्या रहेका स्थानमा खानेपानी पाइप बिस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आएपछि वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालयले विभिन्न स्थानमा पाइप बिस्तारको काम गरिरहेको छ ।
उनका अनुसार निर्देशनालयले पाइप बिस्तार गरिसकेका वा आगामी दिनमा गर्न लागेको बाहेकका स्थान छनोट गरी नयाँ पाइप बिस्तार गरिएको हो । उनले भने, “निर्देशनालय पनि नपुगेको र पानीको पनि समस्या रहेका स्थान छनोट गरिएको छ ।”
गत आवमा झण्डै सात किमी ढल निर्माण गरेको लिमिटेडले आगामी आवमा पनि त्यति नै लम्बाईको ढल बिस्तारको योजना बनाएको छ । उपत्यकामा ढल निर्माणको मुख्य जिम्मेवारी लिमिटेडको भए पनि शहरी विकास मन्त्रालय र स्थानीय सरकारले पनि ढल निर्माण गर्दै आएका छन् । आपसी समन्वयको अभावमा वर्षेनी वर्षाको समयमा सडक पानीले भरिने गरेका छन् ।
उनका अनुसार लिमिटेडले ढल आवश्यक भएका स्थनमा निर्माण र मर्मत दुवैलाई कार्यक्रममा राखेको छ । उनले भने, “ढल निर्माणको काम मुख्य सडक र भित्रि सडक सबैतिर हुनेछ ।” लिमिटेडले गत आवमा ढल बिच्छाउने कार्यक्रममा लक्ष्यको ९० प्रतिशत प्रगति हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी
-
आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी सङ्गठनद्वारा प्रदर्शन
-
बलियो दिल्लीलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने योजना बुन्दै राजस्थान
-
आगामी बजेटका चुनौती
-
होमस्टेमा सरकारको लगानी, बालुवामा पानी