रुपन्देहीका ४ सहित ८ जनाको कोरोनाबाट मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । मृतकमा रुपन्देहीका मात्रै ८ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकमा ३ जना महिला र ५ जना पुरुष रहेका छन् ।
मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देहीमा ४ जनाको कोरोनाबाट मृत्यु भएको बताए । उनका अनुसार रुपन्देहीमा ३८, ५३ र ५४ वर्षीय पुरुष र ६७ वर्षिया महिलाको मृत्यु भएको हो । यस्तै सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ पुरुष, पर्सामा ७० वर्षिया महिला र काठमाडौंका ४८ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।
आज ७ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार २ सय ३४ परीक्षणमा ७ सय ४३ जनामा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा मात्रै २ सय २४ उपत्यकामा संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण