सङ्क्रमित थुनुवा आइसोलेसनबाटै फरार

बाँके । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
लागूऔषध कोरेक्स मुद्दाका ती थुनुवालाई भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि कृषि तालीम केन्द्रको आइसोलेसनमा लगिएको थियो । थुनुवा फरार भएको जानकारी पाउनासाथ उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पाँच सीसी लागूऔषध कोरेक्ससहित ती व्यक्ति पक्राउ परेका थिए । आइसोलेसनबाटै सङ्क्रमित थुनुवा फरार भएपछि खोजी कार्यका लागि सुरक्षा टोली परिचालन गरिसकेको प्रहरी उपरीक्षक रानाले बताए ।
सङ्क्रमित थुनुवा फरार भएपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएर आवश्यक अनुसन्धान भइरहेको छ । उक्त आइसोलेसनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच प्रहरी खटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन्ने हो ऐँसेलु ?
-
चीनले किन जारी गर्यो ८५ हजार भारतीयलाई भिसा ?
-
आईपीएलमा ‘खेल मिलेमतो’ को आशंका, बीसीसीआईले जारी गर्यो कडा निर्देशन
-
कर्णालीमा विकास बजेट कार्यान्वयनको अवस्था नाजुक, ९ महिनामा २० प्रतिशतमात्रै खर्च
-
पेरुका पूर्वराष्ट्रपति र उनको पत्नीलाई १५ वर्षको जेल
-
रुटिन अफ नेपाल बन्दलाई लिखित जवाफ पेस गर्न आदेश