‘विक्की डोनर’ जस्ता फिल्मबारे आफ्ना सन्तानलाई कसरी सम्झाउनेछन् आयुष्मान खुराना ? दिए यस्तो जवाफ

बलिउड अभिनेता आयुष्मान खुरानाले निकै कम समयमा बलिउडमा अलग पहिचान बनाएका छन् । आयुष्मान खुराना बलिउडका ती कलाकारमध्ये एक हुन् जो आफ्नो भिन्न फिल्मको छनोटका लागि परिचित छन् । उनले आफ्नो फिल्मका पात्रसँग यस्ता–यस्ता एक्सपेरिमेन्ट गरिसकेका छन् जुन मेन स्ट्रिम कलाकारले पात्र निभाउनु अघि धेरैपटक सोच्नेछन् । हालै आयुष्मान आफ्नो एक भाइरल भिडियोका कारण चर्चामा आएका छन् । जसमा आयुष्मानसँग विकी डोनर र बधाई हो जस्ता फिल्मबारे आफ्ना बच्चालाई कसरी बताउनुहुन्छ भनेर सोधिएको छ । यी प्रश्नको आयुष्मानले निकै रोचक जवाफ दिएका छन् ।
वास्तवमा आयुष्मान खुरानाको यो भिडियो निकै पुरोना हो जसमा उनी करन जोहरको च्याट शो कफी विद करनमा देखिएका छन् । आयुष्मान यो शोमा विकी कौशलसँगै पुगेका छन् । यस्तै करन जोहरले जब र्यापिड फायर राउन्डमा थुप्रै प्रश्न सोधे । यसैबीच करन जोहरले आयुष्मानलाई सोधे, ‘तपाईंको विकी डोनर र बधाई हो जस्ता फिल्मबारे आफ्नो बच्चालाई कसरी बताउनु हुन्छ ? ’ यसमाथि नायकले निकै रोचक जवाफ दिए । हेर्नुहोस् भिडियोः
आयुष्मान खुरानाले विकी डोनरबारे भने, ‘बेटा पापाको यसै प्रतिभाका कारण आज तिम्रो अस्तित्व छ ।’ यस्तै बधाई हो बारे उनी भन्छन्, ‘जब हामी बुढा हुन्छौं तब हामीलाई एक्लै नछोड्नु ।’ यसबाहेक ‘शुभ मंगल सावधान’ बारे उनले भने, ‘यदि यो नभएको भए तिमी हुने थिएनौं ।’ आयुष्मान खुरानाको यो जवाफ सुनेर करन जोहर र विकी कौशल मज्जाले हासेको देख्न सकिन्छ ।
स्मरण रहोस्, आयुष्मान खुरानाका दुई सन्तान छन् । जेठो छोरा विराजवीर ८ वर्षका छन् भने वरुष्का खुराना ६ वर्षकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रकै कारण स्थगित भयाे : मुख्यमन्त्री कँडेल
-
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
-
तीन महिनाको अवधिमा विपद्जन्य घटनाबाट ४१ जनाको मृत्यु, करोडौँको क्षति
-
भारतबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २१ जना घाइते
-
सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
-
राप्रपा नेताहरू पशुपति, प्रकाशचन्द्र, रवीन्द्र, धवललगायतको पद धरापमा !