पोखराका होटललाई ‘पेआइशोलेशन’ बनाउने तयारी

पोखरा । कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुनसक्ने भन्दै महानगरपालिकाले पोखराका केही होटललाई ‘पेआइशोलेशन’को रुपमा प्रयोग गर्ने तयारी गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीले लक्षणबिना सङ्क्रमण देखिएका र अस्पताल लानु पर्ने अवस्था नभएका सङ्क्रमितहरु, जो पैसा तिरेर होटलमा बस्न चाहन्छन् भने तिनीहरुका लागि ‘पेआइशोलेशन’का लागि होटलहरुको प्रयोग गर्न सकिने बताएका छन् ।
उनका अनुसार अहिले कृषि तालिम केन्द्रलाई ४० शै्याको आइशोलेशन वार्डको रुपमा विकसित गरिएको र अब छिट्टै होटलहरुलाई पनि ‘पे आइशोलेशन’को रुपमा प्रयोग गर्न सम्बन्धित होटलवालासँग छलफल भइरहेको छ । उनले हाल महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ मात्र सञ्चालन गरिएको करिब चारसय जनाले यसको सुविधा लिएको जानकारी दिए । ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजार रुपैयाँसम्म मूल्य तोकिएको प्रमुख जिसीले बताए ।
पोखरा महानगरले कुषि तालिम केन्द्र, मालेपाटन, पदम नसिङ्ग होम, लेकसिटी ब्लक बि र र्यालेचौर बेसी क्वारेन्टिन गरी अहिलेसम्म २२३ शै्याको चारवटा क्वारेन्टिन सञ्चालनमा गरेको छ । ती क्वारेन्टिनमा बस्न सकिने एक हजार २२७ जना जनामध्ये हाल जम्मा ७० जनामा मात्र रहेका छन् भने अरु घर फर्किसकेका छन् ।
महानगरको क्वारेन्टिनमा बस्नेहरु विशेषगरी घरमा बस्ने वातावरण नभएको र होटलमा बस्ने आर्थिक अवस्था नभएकाहरुले राखिने गरेको महानगरका स्वास्थ्य महाशाखाका सिनियर अहेब अर्जुन क्षेत्रीले जानकारी दिए । उनका अनुसार विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहनेहरुका लागि पोखरा महानगरको सहकार्यमा पोखराका विभिन्न २४ वटा होटलले सो सुविधा उपलब्ध गराएका छन् । त्यसैगरी महानगरले बुद्ध हस्पिटल नदीपुरमा महिलाका लागि पनि छुट्टै ५० शै्याको क्वारेन्टिन सञ्चालनमा रहेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल दुई वटा भेन्टिलेटर र ११ आइसियु शै्या रहेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्मामा अनुसार हालसम्म ३९ हजार ९२१ को नमूना सङ्कलन भएको छ । यसमा सङ्क्रमतिको सङ्ख्या एक हजार ८८९ रहेको छ । गण्डकीमा ८३० क्वारेन्टिन रहेका छन् भने २६१ आइसोलेशनमा रहेका छन् । भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या १९ हजार ३१५ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण टोली प्रतिनिधि प्रधानमन्त्री भेट्न बालुवाटारमा
-
पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी : तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
-
परराष्ट्रमन्त्री देउवा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
‘पहिला पानीजहाजलाई लिएर धेरै उडाइयो, अहिले आवश्यकता महसुस भएको छ’
-
स्थानीय तह समन्वय विभागमा १० जना मनोनीत (सूचीसहित)
-
३१ विधामा अवार्ड प्रदान गर्दै १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न