शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी चालकलाई संक्रमण पुष्टि, मुख्यमन्त्रीसहित कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा

सोमबार, ०८ भदौ २०७७, १२ : ३४
सोमबार, ०८ भदौ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयको सचिवालयका सवारीचालकलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयबाट हुने कामहरु प्रभावित भएका छन् । आइतबार सवारी चालकलाई संक्रमण पुष्टि भएसँगै केही कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा बस्नुपरेपछि दैनिक हुने काम प्रभावित भएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेमबहादुर कुँवर ‘प्रख्यात’ ले रातोपाटीलाई जानकारी दिए ।

‘पर्सीसम्म मुख्यमन्त्रीसहित सबै कर्मचारीको स्वाब परीक्षण गर्ने भन्ने छ,’ उनले भने, ‘आजै परीक्षण गर्ने भन्ने थियो । तर, एक–दुई दिन पर्खेर स्वाब परीक्षण गर्दा राम्रो हुने डाक्टरको सुझाव पछि परीक्षण नगरिएको हो ।’ मुख्यमन्त्री त्रिलाचन भट्टसहित कार्यालयका कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप