‘७३ दिनभित्र कोरोनाको खोप आउने खबर झुटो’
भारतको औषधी निर्माता कम्पनी सीरम इन्सिटीट्यूट अफ इन्डियाले ७३ दिनभित्र कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराइने मिडिया रिपोर्ट झुटो भएको बताएको छ । एसआईआईले एक वक्तव्य जारी गर्दै मिडियामा ७३ दिनभित्र कोभिड–१९ विरुद्धको खोप आउने भनेर प्रकाशित समाचार फर्जी भएको बताउँदै यस्ता रिपोर्टको कुनै अर्थ नरहेको बताएको हो ।
वक्तव्यमा एसआईआईले भनेको छ, ‘हामीलाई सरकारले खोप उत्पादनको अनुमति दिएको छ । तर, खोप बजारमा तब मात्र आउनेछ, जब परीक्षणबाट यो प्रभावकारी भएको सफलतापूर्वक पुष्टि हुनेछ । बजारमा आउनुभन्दा अघि खोपले सबै मानकलाई पुरा गर्नुपर्ने हुन्छ । अक्सफोर्ड एस्ट्राजेनेको खोपको तेस्रो चरणको परीक्षण अहिले चलिरहेको छ । जबसम्म हामी यो खोपले बिना कुनै खतरा काम गर्न सक्छ भनेर सन्तुष्ट हुनसक्दैनौँ, यो बजारमा आउनेछैन । यसबारे हामी आधिकारिक रुपमा नै पुष्टि गर्ने छौँ ।’
यसअघि बिजनेस टुडेले अबको ७३ दिनभित्र एसआईआईको खोप बजारमा आउने समाचार प्रकाशित गरेको थियो ।
We would like to clarify that the current media claim on COVISHIELD's availability in 73 days is misleading.
— SerumInstituteIndia (@SerumInstIndia) August 23, 2020
Phase-3 trials are still underway. We will officially confirm it’s availability.
Read clarification statement here - https://t.co/FvgClzcnHr#SII #COVID19 #LatestNews pic.twitter.com/mQWrqgbzO4
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष
-
रवि विरुद्ध बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण