बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

परवीन बाबीदेखि रिया चक्रवर्तीसम्म, महेश भट्टको विवादसँग पुरानो छ नाता

सोमबार, ०८ भदौ २०७७, ०९ : ३०
सोमबार, ०८ भदौ २०७७

बलिउड नायक सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा रिया चक्रवर्ती र महेश भट्टको च्याट सार्वजनिक भएपछि एकपटक पुनः यो मुद्दा ताजा भएको  । महेश भट्टको नाम पलिे पनि विवादमा तानिने गर्दथ्यो । हालै सुशान्तको मृत्युको विषयमा बोल्दै कंगना रनौतले पनि महेश भट्टमाथि विभिन्न सनसनीपूर्ण आरोप लगाएकी थिइन् । त्यसपछि मुम्बई प्रहरीले सुशान्त केसमा महेश भट्टसँग सोधपुछ गरेर उनको बयान पनि दर्ता गरेका थिए । आउनुहोस्, महेश भट्टको जीवनसँग जोडिएका केही विवादबारे जानकारी लिऔं ।

परवीन बाबीसँग विवाहेत्तर सम्बन्धः

आफ्नो जमानाकी चर्चित अभिनेत्री परवीन बाबी आफ्नो फिल्मबाहेक नीजि जीवनका लागि पनि चर्चामा रहिन्थन् । एक समयमा महेश भट्ट र परवीन बाबी सम्बन्धमा थिए । यद्यपि, त्यतिबेला महेश भट्ट विवाहित थिए र एक सन्तानका पिता पनि थिए तर उनले परवीनसँग सम्बन्ध स्थापित गरे । पछि परवीन बाबी मानसिक रोगको शिकार भइन् र महेश भट्टले उनलाई बीचमा नै छोडेर गए ।

छोरी पूजा भट्टसँग चुम्बनको फोटोः

महेश भट्ट त्यतिबेला पनि विवादमा आएका थिए जब उनले एक फिल्म म्यागजिनका लागि आफ्नी जेठी छोरी पूजा भट्टसँग एक फोटोसुट गराएका थिए । म्यागजिनको कभरमा छापिएको यो तस्बिरमा महेश भट्ट आफ्नी छोरी पूजालाई चुम्बन गरिरहेको देखिएका छन् । महेश भट्टले त्यतिबेला आफ्नो एक कमेन्टमा यहाँसम्म भनेका थिए कि यदि पूजा उनकी छोरी नभएको भए उनीसँग विवाह गर्दथे ।

नशाको जकडमा रहे महेश भट्टः

महेश भट्टले आफैंले स्विकारेका छन् कि उनले आफ्नो जीवनको थुप्रै वर्ष नशामा डुबेर बिताएका छन् । एक समय महेश भट्ट नराम्रोसँग नशाको जकडमा थिए । यद्यपि, सोनी राजदानबाट उनकी छोरी शाहिन जन्मिएपछि महेश भट्टले रातारात रक्सीबाट दुरी बनाएका थिए ।

कंगनाले लगाइन् जुत्ता फ्याँकेको आरोपः

कंगना रनौतले महेश भट्टद्वारा निर्माण गरिएको फिल्म ‘ग्याङ्स्टर’ बाट डेब्यू गरेकी थिइन् । हालै कंगना र उनकी बहिनीले सन् २००६ मा फिल्म ‘वो लम्हे’ को स्क्रिनिङका बेला महेश भट्टले कंगनासँग निकै नराम्रो व्यवहार गरेका थिए र यहाँ सम्म कि उनलाई रिसमा जुत्ताले हानेको पनि आरोप लगाएका थिए ।

रिया चक्रवर्तीसँगको इन्टिमेट तस्बिरका कारण भए ट्रोलः

महेश भट्टको ७० औं जन्मदिनमा रिया चक्रवर्तीले उनीसँग केही इन्टिमेट तस्बिर सेयर गरेकी थिइन् । यी तस्बिर सार्वजनिक भएपछि सोसल मिडियामा महेश भट्ट नराम्रोसँग ट्रोल भएका थिए ।

सुशान्तको मृत्युपछि सेयर गरेका थिए कंकालको तस्बिरः

महेश भट्टले सुशान्त सिंह राजपूतको निधनलगत्तै सोसल मिडियामा एक कंकालको तस्बिर सेयर गरेका थिए । यो फोटोसहित महेश भट्टले लेखे, ‘मर्दै गरेको व्यक्तिले अचम्मका कुराबारे सोच्छ र त्यसैले हामी सबै यहाँ छौं, के हामी सबै मर्दै गरेका व्यक्ति हौं ?’यद्यपि, यो कोट टेड विलियम्सको थियो तर मानिसहरुले यसलाई निकै असंवेदनशील माने र महेश भट्टको तीखो आलोचना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप