केन्द्रीय संस्करण

‘कंगना सशान्तको लागि होइन आफ्नै लागि लडिरहेकी हुन्’

person explore access_timeभदौ ८, २०७७ chat_bubble_outline0

एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि सुशान्तको पक्षमा वकालत गर्दै आएकी अभिनेत्री कंगना रनौतमाथि आरोप लागेको छ । 

सुशान्त सिंह राजपूतका वकील विकास सिंहले कंगनालाई बलिउड उद्योगको मात्रै समस्या बाहिर ल्याएर सुशान्तले न्याय नपाउने बताएका छन् । 

वकिल सिंहले कंगना सुशान्तको साथी पनि नभएको र प्रतिनिधि पनि नभएको भन्दै बलिउडको समस्या बाहिर ल्याएर आफ्नो लागि नै लडिरहेको बताएका छन् । 

उनले भनेका छन्, ‘कंगनाको मुद्दा सही छ । सुशान्त पनि नेपोटिज्मको शिकार भएका थिए । तर कंगना सुशान्तकी प्रतिनिधि होइनन् जुन उनी गरिरहेकी छिन्, त्यो सबै आफ्नै लागि गरिरहेकी छिन् ।’

उनले सुशान्तको आत्महत्याको खास कारण पत्ता लगाउनुपर्ने भन्दै भन्छन्, ‘कंगना आफ्नो एजेन्डा उठाइरहेकी छिन् जुन उनको व्यक्तिगत समस्या हो । सुशान्त फिल्म उद्योगमा नेपोटिज्मको शिकार भएका थिए तर उनको घटनाको मुद्दाको प्राइमरी जाँच भने यसबाट हुन सक्दैन । महत्त्वपूर्ण कुरा के हो भने रिया चक्रवर्ती र उनको ग्याङले सुशान्तको कसरी अन्त्य गरे ?’
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.