जसले चितुवासँग कुस्ती खेलेर आफूलाई बचाए

लमजुङ – लमजुङमा एक व्यक्तिले चितुवासँग भिडेर बाँचेका छन् उनकै आक्रमणमा चितुवा मेरको छ । जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको पोथी चितुवाले एक्कासी आक्रमण गरेको थियो ।
‘मलाई चितुवाले आक्रमण गर्दै गरेको छोरा रणजंग थापाले देखेछन् र मलाई वचाउन आए ।’ हरिबहादुरले भने ‘मसँग भएको खुर्पाले त्यसलाई हान्न भ्याएको थिए ।’ उनले दब्रे हातले चितुवाको आक्रमण छिक्दै दाईने हातमा भएको खुर्पाले चितुवालाई आक्रमण गरेको बताए । ‘छोरा आएपछि दुवै जना चितुवासंग १० मिनेट जति कुस्ति खेल्यौ ।’ हरिबहादुरले भने ‘ खुर्पाको चोटले चितुवा थाक्दै हुँदै गयो र आक्रमण गर्छ छाड्यो ।’
‘बुवाको साथमा खुर्पा नभएको भए, उहाँलाई चितुवाले सिध्याउथ्यो, म टुहुरो हुनबाट बचेँ ।’ छोरा रणजंग थापाले भने । चितुवाको आक्रमणबाट वचेका बुवा हरिबहादुरको दाहिने हातमा र चोर औंलामा चोट लागेको छ भने शरिरका अन्य भागमा चितुवाको नंग्राले सामान्य कोरेको उनका छिमेकी शिव थापाले बताए ।
घाइते हरिबहादुरको उचपारका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहर ल्याइएको थियो । उनको प्राथमिक उपचारपछि रेविजको खोप जिल्लामा नभएका कारणले काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए ।
जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ९ को साम्दी गाउँमा आइतबार सो घट्ना भएको जिल्ला वन कार्यालयले बताएको छ । सो घट्ना विहान ८ बजेको समयमा भएको जिल्ला वन कार्यालयको भनाई छ । यो समाचार आजको राजधानी दैनिकमा नवराज पहाडीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुल्लादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा